तिब्बत केन्द्रविन्दु भएर ‘शक्तिशाली’ भूकम्प, पूर्वी नेपालमा बढी महसुस

काठमाडौं । मंगलबार बिहान चीनको तिब्बत केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । पूर्वी हिमाली जिल्ला ताप्लेजुङनजिकै पर्ने डिन्गेऐ केन्द्रविन्दु भएर ७.० म्याग्निच्युडको शक्तिबाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा आएको भूकम्पले पूर्वी क्षेत्रमा बढी हल्लाएको थियो । साथै काठमाडौंलगायत मध्य क्षेत्रमा पनि […]

Jan 7, 2025 - 02:02
 0
तिब्बत केन्द्रविन्दु भएर ‘शक्तिशाली’ भूकम्प, पूर्वी नेपालमा बढी महसुस

काठमाडौं । मंगलबार बिहान चीनको तिब्बत केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

पूर्वी हिमाली जिल्ला ताप्लेजुङनजिकै पर्ने डिन्गेऐ केन्द्रविन्दु भएर ७.० म्याग्निच्युडको शक्तिबाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा आएको भूकम्पले पूर्वी क्षेत्रमा बढी हल्लाएको थियो ।

साथै काठमाडौंलगायत मध्य क्षेत्रमा पनि भूकम्पको झड्का राम्रैगरी महसुस भएको थियो ।

काठमाडौंमा केही समयसम्म भूकम्पको कम्पन रहेको थियो । यसले गर्दा काठमाडौं निवासी सडकमा निस्किए भने चराहरू उडेका थिए ।

साथै धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक मकवानपुर, बारालगायत जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

पछिल्लो समय नेपालमा लगातार भूकम्प गइरहेको छ । यही पुस १९ गते मुगु र मनाङमा भूकम्प गएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register