पौडेलको राजिनामापछि गभर्नर सिफारिस समितिमा अर्को सदस्य नियुक्ति गर्ने तयारी, गभर्नर नियुक्तिको टुंगो छैन ! 

काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिमा नयाँ सदस्य नियुक्त गर्ने तयारी गरेको छ । यसअघि समितिको सदस्य रहेका डा. विश्व पौडेलले राजिनामा दिएपछि रिक्त रहेको सदस्य पदमा सरकारले नयाँ सदस्य नियुक्त गर्ने तयारी गरेको हो । सम्भवतः बुधबार प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिमा नयाँ सदस्य नियुक्त गरिने […]

May 14, 2025 - 07:23
 0
पौडेलको राजिनामापछि गभर्नर सिफारिस समितिमा अर्को सदस्य नियुक्ति गर्ने तयारी, गभर्नर नियुक्तिको टुंगो छैन ! 

काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिमा नयाँ सदस्य नियुक्त गर्ने तयारी गरेको छ । यसअघि समितिको सदस्य रहेका डा. विश्व पौडेलले राजिनामा दिएपछि रिक्त रहेको सदस्य पदमा सरकारले नयाँ सदस्य नियुक्त गर्ने तयारी गरेको हो ।

सम्भवतः बुधबार प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिमा नयाँ सदस्य नियुक्त गरिने स्रोतको दाबी छ । स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नै नियुक्त गर्ने भन्ने सम्भावना छैन । ‘सिफारिस समिति नै अपूर्ण छ, गभर्नर नियुक्त कसरी होला ?’, स्रोतले भन्यो, ‘बरु अब बस्ने मन्त्रिपरिषद्ले सिफारिस समितिको सदस्य नियुक्त गर्न सक्छ ।’ 

यसो त यसअघि गभर्नर नियुक्तिमा व्यापक राजनीतिकरण भएको र समितिको बैठक समेत बस्न नसकेको भन्दै समितिबाट पूर्व गभर्नर विजयनाथ भट्टराईले राजिनामा दिएका थिए । उनको राजिनामा पछि सरकारले सदस्यमा पूर्व गभर्नरका तर्फबाट महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अर्कोतर्फ केही दिनअघि गभर्नर बन्ने चर्चापछि समितिका अर्का सदस्य डा. विश्व पौडेलले पनि राजिनामा दिएका थिए । उनको राजिनामापछि फेरि समितिमा सदस्य पद रिक्त छ । 

सोही रिक्त पदमा सरकारले नयाँ सदस्य नियुक्त गर्ने तयारी गरेको छ । सोमबार सार्वजनिक बिदा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार (आज) मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । सो बैठकले गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने स्रोतको दाबी छ । 

यता सरकारले समिति गठन गरेपछि दोस्रोपटक सदस्य नियुक्त गर्ने तयारी गर्दैगर्दा पनि गभर्नर नियुक्तिको भने टुंगो छैन । यसो त काँग्रेस र एमालेबीच डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भयो भनिए पनि उनी गभर्नर बन्न अयोग्य रहेको दाबीसहित सर्वोच्चमा रिट निवेदन पेश गरिएको छ । रिटमा उनी काँग्रेसबाट चितवनमा चुनाव लडेर हारेको र राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ (क) अनुसार गभर्नर बन्न अयोग्य रहेको दाबी गरिएको छ । पौडेलको योग्यताविरुद्ध नै सर्वोच्चमा रिट पेश भएपछि गभर्नर नियुक्ति झनै पेचिलो र अन्योलपूर्ण बनेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register