काठमाडौंका दुई ठाउँमा आगलागी, झण्डै ११ लाख बराबरको धनमाल जलेर नष्ट
काठमाडौं । काठमाडौंका दुई ठाउँमा आगलागी हुँदा झण्डै ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बूढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने ३१ वर्षीय उमेश गिरीको कुखुरा फार्ममा विद्युत् चुहावट भइ सोमबार राति आगलागी हुँदा करिब ६ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यसैगरी दक्षिणकाली नगरपालिका–९ लामागाउँ बस्ने […]

काठमाडौं । काठमाडौंका दुई ठाउँमा आगलागी हुँदा झण्डै ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बूढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने ३१ वर्षीय उमेश गिरीको कुखुरा फार्ममा विद्युत् चुहावट भइ सोमबार राति आगलागी हुँदा करिब ६ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यसैगरी दक्षिणकाली नगरपालिका–९ लामागाउँ बस्ने सुशीला तामाङको सुशीला किराना पसलमा पनि विद्युत् चुहावट भई सोमबार राति आगलागी हुँदा करिब चार लाख ६० हजार हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी निभाइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
What's Your Reaction?






