उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामाः मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औं वार्षिक साधारण सभाको अवसरमा बोल्दै मन्त्री भण्डारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धन गर्न सरकारले विभिन्न नीतिगत तथा कार्यक्रमगत प्रयासहरू थालेको बताए । लगानीको वातावरणलाई थप […]

Apr 10, 2025 - 16:16
 0
उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामाः मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औं वार्षिक साधारण सभाको अवसरमा बोल्दै मन्त्री भण्डारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धन गर्न सरकारले विभिन्न नीतिगत तथा कार्यक्रमगत प्रयासहरू थालेको बताए ।

लगानीको वातावरणलाई थप अनुकूल बनाउन सरकारले नीतिगत सुधारलाई निरन्तरता दिएको, लगानी सम्बन्धी ऐन कानूनहरूलाई समयसापेक्ष बनाउने, एकल विन्दु सेवालाई प्रभावकारी बनाउने, र विदेशी लगानी आकर्षित गर्न विशेष पहलहरू गरिएको मन्त्री भण्डारीले बताए ।

उनले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको उल्लेख गर्दै नेपालको तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाहरूको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर काम गर्नुपर्ने बताए ।

सरकारले निजी क्षेत्रलाई लगानी गर्न र उद्यमशीलता विकास गर्न प्रोत्साहित गरिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले मेक इन नेपाल जस्ता अभियानहरूले स्वदेशी उद्योगलाई प्रतिस्पर्धात्मक बनाउन र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका बताए ।

सरकारले औद्योगिक पूर्वाधार विकासमा विशेष जोड दिएको बताउँदै उनले औद्योगिक क्षेत्रहरूको स्थापना र स्तरोन्नति, विद्युत आपूर्तिमा सुधार, सडक र यातायातको विकास, तथा सूचना प्रविधिको विस्तारले उद्योग व्यवसायको लागत घटाउन र उत्पादन क्षमता वृद्धि गर्न मद्दत पुर्‍याउने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ  सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register