झापामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि साझा संकल्प

बनियानी, २४ पुस । झापामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि साझा संकल्प बनाउने कार्य थालिएको छ । नेपाली कांग्रेस महामन्त्री एवम् झापा क्षेत्र नं. १ का विश्वप्रकाश शर्माले जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारको साझा संकल्प तयार बनाउने कार्य थाल्नुभएको छ । “झापा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सर्वदलीय छलफल गरिसकेका छौं”, [...] The post झापामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि साझा संकल्प appeared first on Jhapa Online.

Jan 8, 2025 - 02:19
 0
झापामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि साझा संकल्प

बनियानी, २४ पुस । झापामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि साझा संकल्प बनाउने कार्य थालिएको छ ।

नेपाली कांग्रेस महामन्त्री एवम् झापा क्षेत्र नं. १ का विश्वप्रकाश शर्माले जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारको साझा संकल्प तयार बनाउने कार्य थाल्नुभएको छ ।

“झापा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सर्वदलीय छलफल गरिसकेका छौं”, उहाँले भन्नुभयो, “सर्वदलीय छलफलबाट प्राप्त सुझावलाई संघ, प्रदेश र स्थानीय सरकारको साझा संकल्प बनाएर सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।”

संघीय सांसद विश्वप्रकाश शर्माको विशेष पहलमा जिल्लामा हात्ती समस्या समाधानका लागि आज झापाको धुलाबारीमा अन्तरिक्रिया, बाहुनडाँगीको हात्ती प्रवेश गर्ने क्षेत्रको अनुमगन, मेचीनगरको हातेमालो सामुदायिक वन हाताभित्र रहेको निचाझोडा सिमसार र भद्रपुरस्थित चन्द्रगढी सामुदायिक वन हाताभित्र रहेको चन्द्रगढको स्थलगत अध्ययन–अनुगमन गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।

संघीय वन तथा वातावरणमन्त्री एनबहादुर शाही (ठाकुरी), कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, सचिव, महाप्रबन्धक लगायतको टोलीले स्थलगत अध्ययन–अवलोकन गर्नुभएको हो ।

अध्ययन–अवलोकनपछि मन्त्री शाहीले हात्ती समस्या समाधानसँगै यहाँका सामुदायिक वनमा रहेको सिमसार क्षेत्रका पर्यटकीयस्थललाई थप व्यवस्थिति रुपमा विकास लागि सरकारले सहयोग गर्ने बताउनुभयो ।

हात्ती वनभित्रै टिकाउने र हात्ती प्रभावित क्षेत्रलाई हात्ती पर्यटनका रुपमा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विशेष योजना ल्याउने उहाँको भनाछ । आगामी बजेटमा हात्ती समस्या समाधान र सिमसार क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएर समावेश गर्ने उहाँले बताउनुभयो ।

अवलोकनका क्रममा सांसद विश्वप्रकाश शर्माले निचाझोडा सामुदायिक वन क्षेत्र लोपोन्मुख चराको हबको रुपमा रहेको सहभागीलाई जानकारी गराउनुभयो ।

हातेमालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रप्रसाद सिग्देल सामुदायिक वन तथा निर्माणाधीन अवस्थाको जानकारी गराउँदै थप विकासका लागि बजेट आवश्यक रहेकाले मन्त्री शाहीको ध्यानाकर्षण गराउनुभएको थियो ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले निचाझोडाको विकासमा आवश्यक बजेटका लागि समितिलाई प्रस्ताव लिएर प्रदेश मन्त्रालयमा आउन आग्रहसमेत गर्नुभयो ।

The post झापामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि साझा संकल्प appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register