सैफ अली खानमाथि आक्रमण, गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना

झापा, ३ माघ (एजेन्स) । बलिउड अभिनेता सैफ अली खानको बान्द्रास्थित घरमा आक्रमण भएको छ । उनको घरमा पसेर धारिलो हतियारले एक जना आक्रमणकारीले आक्रमण गरेका थिए । सैफलाई गम्भीर अवस्थामा मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ । ‘यो सत्य हो कि सैफ अली खानको घरमा मध्यराति २ः३० बजे चोरी भएको थियो । परिवारका [...] The post सैफ अली खानमाथि आक्रमण, गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना appeared first on Jhapa Online.

Jan 16, 2025 - 03:39
 0
सैफ अली खानमाथि आक्रमण, गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना

झापा, ३ माघ (एजेन्स) । बलिउड अभिनेता सैफ अली खानको बान्द्रास्थित घरमा आक्रमण भएको छ । उनको घरमा पसेर धारिलो हतियारले एक जना आक्रमणकारीले आक्रमण गरेका थिए । सैफलाई गम्भीर अवस्थामा मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

‘यो सत्य हो कि सैफ अली खानको घरमा मध्यराति २ः३० बजे चोरी भएको थियो । परिवारका सदस्यहरू जागेपछि चोर भाग्न खोजे । सैफ अली खानमाथि चोरले आक्रमण गरे । उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ । यी चोटहरू त्यति गम्भीर छैनन् । उनलाई छुरा प्रहार गरिएको हो, चोरसँग झगडामा घाइते भएको हो वा अन्य कुनै कारणले भएको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन ।’ बान्द्राका डीसीपीले भनेका छन् ।

बान्द्राको सतगुरु शरण भवनमा सैफ अली खानको ३ बेडरुमको आलिशान अपार्टमेन्ट छ । यहाँ टेरेस, बाल्कोनी र स्विमिङ पुल पनि छ । यस घरमा सैफसँग पत्नी करीना कपूर खान र छोराहरू तैमुर अनि जेह पनि बस्छन् ।

The post सैफ अली खानमाथि आक्रमण, गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register