लस एन्जलसमा डढेलो सहर पसेपछि… (तस्वीरहरू)

काठमाडौं । अमेरिकाको लस एन्जलसस्थित जङ्गलमा लागेको आगो तीव्र गतिमा फैलिँदै गएको छ । २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी बुधबार बिहान केही घण्टामै १२ सय एकडमा फैलिएको छ । दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको बताएका छन् । यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा रहेको बीबीसीको […]

Jan 8, 2025 - 07:15
 0
लस एन्जलसमा डढेलो सहर पसेपछि… (तस्वीरहरू)

काठमाडौं । अमेरिकाको लस एन्जलसस्थित जङ्गलमा लागेको आगो तीव्र गतिमा फैलिँदै गएको छ । २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी बुधबार बिहान केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।

दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको बताएका छन् । यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा रहेको बीबीसीको समाचारमा उल्लेख छ ।

केही भिडिओ फुटेजमा प्यासिफिक पालिसेड र त्यस नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देख्न सकिन्छ । जहाँ मानिसहरू आफ्नो घर र सवारीसाधन छोडेर भागेको देखिन्छ ।

तस्वीरहरू –

स्रोत – एपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register