चीनमा एमपक्स स्ट्रेनका पाँच नयाँ सङ्क्रमित फेला

बेइजिङ । चीनले बिहीबार नयाँ एमपक्स स्ट्रेनका पाँचवटा नयाँ नयाँ सङ्क्रमित पारेको छ । यस ‘प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको’ चिनियाँ अधिकारीहरूले बताएका छन् । एमपक्स जनावरबाट मानिसमा सर्ने भाइरसबाट हुन्छ । तर यो नजिकको शारीरिक सम्पर्कबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ । यसले ज्वरो, मांसपेशी दुख्ने र छालामा ठूला फोका जस्ता घाउ […]

Jan 10, 2025 - 01:36
 0
चीनमा एमपक्स स्ट्रेनका पाँच नयाँ सङ्क्रमित फेला

बेइजिङ । चीनले बिहीबार नयाँ एमपक्स स्ट्रेनका पाँचवटा नयाँ नयाँ सङ्क्रमित पारेको छ । यस ‘प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको’ चिनियाँ अधिकारीहरूले बताएका छन् ।

एमपक्स जनावरबाट मानिसमा सर्ने भाइरसबाट हुन्छ । तर यो नजिकको शारीरिक सम्पर्कबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छ । यसले ज्वरो, मांसपेशी दुख्ने र छालामा ठूला फोका जस्ता घाउ निम्त्याउँछ र यो घातक हुनसक्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अगस्टमा यस भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो र प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा भएको प्रकोपपछि नोभेम्बरमा यसलाई नवीकरण गरेको थियो । कङ्गोमा यसले एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ ।

डब्लूएचओको अगस्टको घोषणाको दुई दिनपछि चीनले आगामी छ महिनाभित्र देशमा प्रवेश गर्ने मानिसहरूलाई एमपोक्सका लागि जाँच गर्ने घोषणा गरेको थियो ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले बिहीबार एमपक्स स्ट्रेन क्लेड १बी को समूहगत प्रकोप फेला परेको बताए । यसको सङ्क्रमणको स्रोत डीआरसीमा बसोबास गरेको रेकर्ड भएको व्यक्ति भएको विश्वास गरिएको छ ।

बिरामीसँग नजिकको सम्पर्क भएका चार व्यक्ति यस स्ट्रेनबाट सङ्क्रमित भएको पाइएको र उनीहरूमा डाबर र फोकाको अपेक्षाकृत हल्का लक्षणहरू देखिएको चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले विज्ञप्तिमा बताएको छ ।

‘सङ्क्रमित र जोखिममा रहेका व्यक्तिहरूले चिकित्सा उपचार र स्वास्थ्य निगरानी प्राप्त गरिरहेका छन् र प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म अन्य सम्पर्कहरूमा कुनै केस फेला नपरेको स्वास्थ्य निकायले जनाएको छ ।

डब्लूएचओका अनुसार सन् २०२२ देखि १२० भन्दा बढी देशमा एमपक्सका केसहरू रिपोर्ट गरिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register