संसद्को गतिरोध अन्त्यका लागि राष्ट्रियसभाका अध्यक्ष पनि छलफलमा

काठमाडौं । संसद्मा देखिएको गतिरोध अन्त्यका लागि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल पनि छलफलमा जुटेका छन् । नयाँ बानेश्वरस्थित आफ्नै कार्यकक्षमा दलका नेता तथा प्रमुख/मुख्य सचेतक, सचेतकहरूलाई बोलाएर उनले छलफल गरिरहेका हुन् । यस्तै संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे पनि छलफलमा जुटेका थिए । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयलाई लिएर […]

Mar 30, 2025 - 07:12
 0
संसद्को गतिरोध अन्त्यका लागि राष्ट्रियसभाका अध्यक्ष पनि छलफलमा

काठमाडौं । संसद्मा देखिएको गतिरोध अन्त्यका लागि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल पनि छलफलमा जुटेका छन् ।

नयाँ बानेश्वरस्थित आफ्नै कार्यकक्षमा दलका नेता तथा प्रमुख/मुख्य सचेतक, सचेतकहरूलाई बोलाएर उनले छलफल गरिरहेका हुन् ।

यस्तै संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे पनि छलफलमा जुटेका थिए ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयलाई लिएर प्रतिपक्षीले संसद्मा अवरोध सिर्जना गरिरहेका छन् ।

आज (आइतबार) बिहान ११ बजेका लागि संसद् बोलाइएकोमा निर्धारित समयमा सुरु भएको छैन ।

साथै ११ः१५ बजेका लागि तय राष्ट्रियसभाको बैठक पनि सुरु भएको छैन ।

संसद्को गतिरोध अन्त्यका लागि सभामुख दलका प्रमुख सचेतकहरूसँग छलफलमा

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register