पूर्व पोर्नस्टारसँग जोडिएको मुद्दामा ट्रम्पलाई अदालतको सफाइ

२६ पुस, काठमाडौं । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक मुद्दामा आज निर्णय सुनाएको छ । पूर्व पोर्नस्टारसँगलाई आफूहरुबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दाका सबै ३४ आरोपीलाई कुनै पनि सजाय सुनाइएको छैन । फैसला सुनाउँदै न्यायाधीश मर्चेनले भने, ‘म तपाईंको दोस्रो कार्यकाल सफल होस् भन्ने […]

Jan 10, 2025 - 16:15
 0
पूर्व पोर्नस्टारसँग जोडिएको मुद्दामा ट्रम्पलाई अदालतको सफाइ

२६ पुस, काठमाडौं । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक मुद्दामा आज निर्णय सुनाएको छ ।

पूर्व पोर्नस्टारसँगलाई आफूहरुबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दाका सबै ३४ आरोपीलाई कुनै पनि सजाय सुनाइएको छैन ।

फैसला सुनाउँदै न्यायाधीश मर्चेनले भने, ‘म तपाईंको दोस्रो कार्यकाल सफल होस् भन्ने कामना गर्छु ।’

अदालतले ट्रम्पलाई बिना कुनै शर्त रिहा गर्ने निर्णय गरेको छ । यसको अर्थ उनलाई यस मामिलामा न कुनै जरिवाना तिर्नुपर्नेछ, न जेल सजाय नै ।

यसअघि ट्रम्पले त्यसलाई रोक्न गरेको अपिल अदालतले खारेज गरिदिएको छ । सजायँ सुनाउने निर्णय रोक्नुपर्ने ट्रम्पको अनुरोधलाई स्वीकार्ने कि नस्वीकार्ने भन्ने विषयमा बहस हुँदा अदालतका न्यायाधीशहरुले बहुमतको आधारमा नस्वीकार्ने निर्णय गरेका थिए ।

ट्रम्पले आगामी जनवरी २० मा दोस्रो पटक अमेरिकाको राष्ट्रपति पदको सपथ लिनेछन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register