महालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा पुष २९ गते सोमबार एलिस रिसेप्सन्स, गैह्रीधारामा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले २०८१ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँडफाँड […]

Jan 13, 2025 - 10:35
 0
महालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा पुष २९ गते सोमबार एलिस रिसेप्सन्स, गैह्रीधारामा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले २०८१ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।

यसैगरी वार्षिक साधारण सभा मार्फत संचालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ । यस अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा रु. ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा रु. ५०.०३ करोड पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रति सेयर आम्दानी रु. १२, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register