सुदूरपश्चिमको पहिलो जित, गण्डकी ७ विकेटले पराजित

काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले पहिलो जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको ५६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । सुदूरपश्चिमका लागि ओपनर रेवती धामी २१ रनमा अविजित रहिन् […]

Jan 14, 2025 - 07:17
 0
सुदूरपश्चिमको पहिलो जित, गण्डकी ७ विकेटले पराजित

काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले पहिलो जित हासिल गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

गण्डकीले दिएको ५६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

सुदूरपश्चिमका लागि ओपनर रेवती धामी २१ रनमा अविजित रहिन् । कप्तान विन्दु रावलले ६, मनिषा बोहराले ९ र कविता कुँवरले ८ र शोभा रोकायाले ४ रन जोडिन् ।

गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले १–१ विकेट लिइन् ।

यसअघि गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा ५५ रन बनाएको थियो ।

गण्डकीका लागि रेखा तामाङले १३ र कप्तान सृजना पौडेलले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि रेवती धामीले ४ तथा, जानकी थापा र रितु कनौजियाले १–१ विकेट लिइन् ।

अब अर्को खेलमा एपीएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register