पृथ्वीराजमार्गको धादिङ खण्डको दुई पुलमा प्वाल, यात्रुलाई सास्ती

धादिङ। पृथ्वीराजमार्ग अन्तरगत धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ र ४ को सिमानामा पर्ने चिरौँदी पुल र बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १० हुग्दी खोलामा रहेको पुलमा आइतबार दिउँसो प्वाल परेको छ । केही दिनदेखिको वर्षा, सडक निर्माणको कामले पुल क्षेत्रमा निरन्तरको यातायात साधनमा रोकावट र पुरानो पुलमा धेरै समयधेखी पानी जमिरहेपछि चिरोँदी पुलमा क्षति पुगेको […]

Jun 22, 2025 - 17:25
 0
पृथ्वीराजमार्गको धादिङ खण्डको दुई पुलमा प्वाल, यात्रुलाई सास्ती

धादिङ।

पृथ्वीराजमार्ग अन्तरगत धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ र ४ को सिमानामा पर्ने चिरौँदी पुल र बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १० हुग्दी खोलामा रहेको पुलमा आइतबार दिउँसो प्वाल परेको छ ।

केही दिनदेखिको वर्षा, सडक निर्माणको कामले पुल क्षेत्रमा निरन्तरको यातायात साधनमा रोकावट र पुरानो पुलमा धेरै समयधेखी पानी जमिरहेपछि चिरोँदी पुलमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचनाअधिकारी सुवास हमालका अनुसार प्वाल परेको भागमा सडक निर्माण कम्पनीले मर्मत गरेको र सुक्न समय लाग्ने जनाएको जानकारी दिँदै सवारी एकातर्फमात्र सञ्चालन भएको छ ।

हुग्दी खोलाको पुलमा पनि रड देखिनेगरि पुलको भागमा क्षति पुगेको थियो । नियमित सवारी सञ्चालन भइरहेको समयमा पुलमा प्वाल परेपछि आइतबार दिउँसो सवारी रोकिएको थियो ।

पृथ्वीराजमार्गको धादिङ खण्डमा पर्ने पुलमा मर्मत गर्ने कार्य भएपनि दुईतर्फी यातायात सञ्चालन हुन समय लाग्ने भएकोले हाल एकतर्फी रुपमा यातायात सञ्चालन भइरहेको प्रहरी जानकारी दिएको छ ।

वर्षको समय सुरु भएको र यातायात एकतफी भएका कारण लामो जाम लागेको छ ।
नियमित सडक निर्माण भइरहेकोले राजमार्गको यात्रा गर्नेहरुले आवश्यकता अनुसार वैकल्पिक मार्ग प्रयोग गर्न पनि प्रहरीले आग्रह गर्दै सुरक्षित रहेर यात्रा गर्न समेत अनुरोध गरेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register