पूर्वी नाकाबाट मुख्य पाँच वस्तुको निर्यातमा कमी, अदुवामा भारी गिरावट

सन्तोष शर्माझापा, ८ असार । पूर्वी नाका काँकरभिट्टाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये पाँच वटा वस्तुको निर्यातमा कमी आएको छ । अघिल्लो वर्षको जेठ मसान्तसम्मको तुलनामा चालू आवको जेठ मसान्तसम्म अलैंची निर्यातमा तीन दशमलव आठ प्रतिशत, कुकुर वा बिरालोको खानामा सात दशमलव सात प्रतिशत, अम्रिसोमा १५ दशमलव दुई प्रतिशत, सिमेन्ट क्लिङ्करमा १२ दशमलव छ प्रतिशत [...] The post पूर्वी नाकाबाट मुख्य पाँच वस्तुको निर्यातमा कमी, अदुवामा भारी गिरावट appeared first on Jhapa Online.

Jun 23, 2025 - 03:18
 0
पूर्वी नाकाबाट मुख्य पाँच वस्तुको निर्यातमा कमी, अदुवामा भारी गिरावट

सन्तोष शर्मा
झापा, ८ असार ।
पूर्वी नाका काँकरभिट्टाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये पाँच वटा वस्तुको निर्यातमा कमी आएको छ ।

अघिल्लो वर्षको जेठ मसान्तसम्मको तुलनामा चालू आवको जेठ मसान्तसम्म अलैंची निर्यातमा तीन दशमलव आठ प्रतिशत, कुकुर वा बिरालोको खानामा सात दशमलव सात प्रतिशत, अम्रिसोमा १५ दशमलव दुई प्रतिशत, सिमेन्ट क्लिङ्करमा १२ दशमलव छ प्रतिशत र अदुवा, सुठोको निर्यातमा ५९ दशमलव सात प्रतिशतले कमी आएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो ।

गत वर्षको जेठ महिना मसान्तसम्ममा रू सात अर्ब ४६ करोड ६८ लाख ७६ हजारको तीन अलैंची निर्यात भएकोमा चालू आवको जेठ मसान्तसम्म रू सात अर्ब १८ करोड १० लाख ७३ बराबरको निर्यात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा तीन दशमलव आठ प्रतिशत कम हो ।

त्यस्तै, कुकुर वा बिरालोको खाना रू एक अर्ब २४ करोड २८ लाख २० हजार, अम्रिसो रू ९० करोड ५९ लाख ३३ हजार, सिमेन्ट क्लिङ्कर रू २८ करोड ४१ लख आठ हजार र अदुवा, सुठो रू २७ करोड ११ लाख २० हजार बराबरको निर्यात भएको छ । यो नाकाबाट निर्यात हुने १० वस्तुमध्ये कृषिजन्य वस्तु अदुवा, सुठोको निर्यातमा भारी गिरावट आएको छ ।

पाँच वटा वस्तुको निर्यात बढ्यो
निर्यात हुने मुख्य १० वस्तुमध्ये मोलासिसको निर्यातमा चार सय प्रतिशत बृद्धि भएको छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्म रू एक करोड छ लाख १४ हजार बरारबको मोलासिस निर्यात भएकोमा चालू आवको सोही अवधिमा रू पाँच करोड ३५ लाख ५५ हजारको निर्यात भएको छ ।
यस्तै, फलामे पाता रू चार अर्ब २३ करोड ९४ लाख २८ हजार (९.६% बढी), चिया रू तीन अर्ब ८६ करोड ६४ ७८ हजार (४०.५% बढी), प्लाइउड रू तीन अर्ब सात करोड ५४ लाख ५२ हजार (११.६% बढी) र भेनियर सिट रू ८३ करोड ९० लाख ५७ हजार (६७% बढी) बराबरको निर्यात भएको छ ।

आयात पनि घट्यो
पूर्वी नाका काँकरभिट्टाबाट आयात हुने मुख्य १० वस्तुमध्ये जेठ मसान्तसम्म पेट्रोलियम पदार्थ र फलाम तथा फलामका सामग्रीको आयातमा कमी आएको छ ।

गत वर्ष जेठ मसान्तसम्म रू १९ अर्ब ११ करोड चार लाख ३९ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएकोमा चालू आवको जेठमा पाँच दशमलव छ प्रतितिशतले घटेको छ अर्थात् रू १८ अर्ब चार करोड ६० लाख ५९ हजार बराबरको आयात भएको छ ।

त्यस्तै, रू ९५ करोड ५२ लाख ८४ हजार बराबरको फलाम तथा फलामका सामग्री आयात भएकोमा २६ दशमलव ७ प्रतिशतले कमी आएको छ अर्थात् रू ७० करोड तीन लाख ६९ हजार बराबरको आयात भएको छ ।

चालू आवको जेठ मसान्तसम्म जुट तथा जटका उत्पादन रू तीन खर्ब ९२ करोड ५९ लाख ७८ हजार, तरकारी रू दुई अर्ब ५४ करोड रू ९१ लाख छ हजार, दलहन रू एक अर्ब ३७ करोड ३९ लाख ७१ हजार, फलफूल रू ८६ करोड १८ लाख ५३ हजार बराबरको आयात भएको छ ।

राजश्व संकलनमा ९२ प्रतिशत प्रगति
मेची भन्सार कार्यालय काँकरभिट्टाले जेठ महिना राजश्व संकलनको लक्ष्यको करिब ९२ प्रतिशत प्रगति हासिल गरेको छ ।

कार्यालयले चालू आर्थिक वर्षको जेठ महिनामा रू एक अर्ब ६२ करोड ७७ लाख २६ हजारको लक्ष्य पाएकोमा रू १ अर्ब ४९ करोड ७१ लाख ७६ हजार राजश्व संकलन गरेको कार्यालयका सूचना हुमागाईंले जानकारी दिनुभयो । राजश्व संकलनका लागि कार्यालयले पाएको लक्ष्यअनुसार प्रगति ९१ दशमलव ९८ प्रतिशत भएको उहाँले बताउनुभयो ।

पछिल्लो दुई वर्षको तुलनामा चालू आर्थिक वर्षमा कार्यालयको प्रगति बढ्दै गएको छ । आर्थिक वर्ष २०७९/८० मा कार्यालयले जेठ महिनामा ७१ दशमलव ९० प्रतिशत र आव २०८०/०८१ मा ८४ दशमलव ३४ प्रतिशत प्रगति हालिस गरेको थियो ।

The post पूर्वी नाकाबाट मुख्य पाँच वस्तुको निर्यातमा कमी, अदुवामा भारी गिरावट appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register