बेक्सली नेपाली समाजमा पहिलोपटक महिला नेतृत्व, निर्वाचनबाट अध्यक्ष चुनिइन् विजिता

लन्डन- बेलायतको नेपाली समुदायमा नमुना संस्थाका रुपमा उदाउँदै गरेको बेक्सली नेपाली समाजको नेतृत्व पहिलोपटक महिलाको काँधमा आएको छ। आइतबार सम्पन्न संस्थाको पाँचौं अधिवेशनले विजिता गौतमलाई अध्यक्ष निर्वाचित गरेको छ । कार्यसमितिका अरु सबै पद सर्वसम्मत भएपनि अध्यक्ष पदमा निर्वाचन गरिएको थियो । यसअघिको कार्यसमितिका उपाध्यक्षद्धय विजिता गौतम र केदार थपलियाबीच निर्वाचन भएकोमा गौतम अध्यक्ष निर्वाचित […]

Jun 22, 2025 - 20:22
 0
बेक्सली नेपाली समाजमा पहिलोपटक महिला नेतृत्व, निर्वाचनबाट अध्यक्ष चुनिइन् विजिता

लन्डन- बेलायतको नेपाली समुदायमा नमुना संस्थाका रुपमा उदाउँदै गरेको बेक्सली नेपाली समाजको नेतृत्व पहिलोपटक महिलाको काँधमा आएको छ।

आइतबार सम्पन्न संस्थाको पाँचौं अधिवेशनले विजिता गौतमलाई अध्यक्ष निर्वाचित गरेको छ । कार्यसमितिका अरु सबै पद सर्वसम्मत भएपनि अध्यक्ष पदमा निर्वाचन गरिएको थियो । यसअघिको कार्यसमितिका उपाध्यक्षद्धय विजिता गौतम र केदार थपलियाबीच निर्वाचन भएकोमा गौतम अध्यक्ष निर्वाचित भएकी हुन् ।

अध्यक्ष निर्वाचित गौतमले बेक्सली नेपाली समाजको नेतृत्व गर्ने पहिलो महिला अध्यक्षको रेकर्ड बनाएकी छन् । यसअघि एक कार्यकाल सदस्य र दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालेकी उनी समाजको नेपाली भाषा कक्षा कार्यक्रमको संयोजक समेत रहंदै आएकी छन्।

दुई वर्षे कार्यकालका लागि निर्वाचित नयाँ कार्यसमितिमा अहिल्या कुंवर, हिमाल गुरुङ, विमला सापकोटा सेढाईं र शम्भुनाथ अधिकारी उपाध्यक्ष निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा दिकपाल गुरुङ र सचिवमा राजेन्द्र लम्साल तथा कोषाध्यक्षमा तिलक लम्साल र सहकोषाध्यक्षमा विश्वराज पौडेलले जिम्मेवारी पाएका छन् । कार्यसमिति सदस्यमा रविन गिरी, मीनाकसमारी थापा, प्रजोति भण्डारी, दिवशनाथ बांस्तोला र सरिता शर्मा चुनिएका छन् ।

नवनिर्वाचित अध्यक्ष विजिता गौतम

निर्वाचन समितिका सदस्यसचिव आनन्द धरेलले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेका थिए । नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिति संयोजक विजय गुरुङले शपथग्रहण गराएका थिए । निर्वाचन समितिका सदस्यहरु केशबहादुर गुरुङ, राोशन गुरुङ र सञ्जिव सुवेदीले खादा र प्रमाणपत्र वितरण गरेका थिए ।

नवनिर्वाचित समितिलाई समाजका निवर्तमान अध्यक्ष डा हरिश ज्ञवाली, संस्थापक अध्यक्ष केशबहादुर गुरुङ, पूर्व अध्यक्षहरु विजय गुरुङ, आनन्द धरेललगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

सोही अवसरमा सफलतापूर्वक कार्यकाल पूरा गर्ने निवर्तमान अध्यक्ष डा हरिश ज्ञवालीलाई सम्मान पनि गरिएको थियो।

निवर्तमान अध्यक्ष डा ज्ञवालीले पनि कुशलतापूर्वक निर्वाचन सम्पन्न गराउने निर्वाचन समिति एवं आफ्नो कार्यसमितिका सबै पदाधिकारीलाई मायाको चिनोसहित धन्यवाद ज्ञापन गरेका थिए। उनले आफ्नो कार्यकाललाई सफल बनाउन अहोरात्र खटिने सिंगो कार्यसमिति, सल्लाहकारहरु एवम् सबै सदस्य तथा सहयोगीहरुलाई धन्यवाद दिए ।

नवनिर्वाचित अध्यक्ष विजिता गौतमले आफूलाई विश्वास गरी समाजको पहिलो महिला अध्यक्षको जिम्मेवारी दिने सबै सदस्यहरुप्रति आभार प्रकट गरिन्। आफू नेतृत्वको कार्यकालमा विगतमा हुँदै आएका सबै कार्यक्रमहरु निरन्तर राख्ने जनाउंदै उनले महिला र नयाँ पुस्ताको सहभागिता बढाउने, फरक क्षमता भएका बालबालिकालक्षित कार्यक्रम ल्याउनेलगायतका प्रतिवद्धता पनि गरिन्।

यसअघि निवर्तमान समितिका अध्यक्ष डा हरिश ज्ञवालीको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा महासचिव हिमाल गुरुङको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नरायण पन्तको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

सोही सत्रले आगामी कार्यकालको अध्यक्ष पदमा दुई जनाको उम्मेद्वारी परेको अवस्थामा कार्यकाल बाँड्ने वा दुई अध्यक्ष बनाउने भन्दा प्रजातान्त्रिक अभ्यास पछ्याउंदै निर्वाचनमै जाने निचोड निकालेको थियो।

सन् २००८ मा स्थापित बेक्सली नेपाली समाजमा नेतृत्वका लागि निर्वाचन भएको यो पहिलो अवसर हो ।

‘सकेसम्म सहमति जुटाउने कोशिस गरियो । तर दुई उम्मेदवार कायम रहेपछि प्रजातान्त्रिक अभ्यासका रुपमा स्वच्छ र सभ्य निर्वाचन गरायौं’ , निर्वाचन समितिका सदस्यसचिवसमेत रहेका पूर्व अध्यक्ष आनन्द धरेलले नेपालीलिंकसंग भने, ‘सबैजनाले खुशीसाथ प्रक्रिया स्वीकार गर्नुभएको हो। नतिजा आएपछि उपविजेता र विजेता आफैले पनि बधाई तथा शुभकामना साटासाट गर्नुभएको छ। निर्वाचन नै गरेपनि संस्थाको एकता र सद्भाव कमजोर बनेको छैन । यो पद्धतिले संस्थालाई झन् बलियो बनाउनेछ भन्ने हामीलाई आशा छ ।’

तस्विरहरु: गुणदेव घिमिरे

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register