एनआरएनए यूके सदस्य बन्न इंग्ल्यान्ड परिषद अध्यक्ष अर्यालको अपील

लन्डन- गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको इंग्ल्यान्ड राज्य समन्वय परिषद अध्यक्ष शम्भुप्रसाद अर्यालले संघको नयाँ सदस्यता लिन तथा नविकरण गर्न अपील गरेका छन् । बेलायतवासी सम्पूर्ण नेपालीहरुलाई यही बुधबार २५ जुनमा सदस्यता डेडलाइन सकिनुअघि सदस्य बन्न अध्यक्ष अर्यालले आव्हान गरेका हुन् । विदेशमा बस्ने सबै गैरआवावासीय नेपालीहरुका हकअधिकारका पक्षमा पैरवी गर्ने एकमात्र संस्था एनआरएनएआरएन भएको […]

Jun 22, 2025 - 21:10
 0
एनआरएनए यूके सदस्य बन्न इंग्ल्यान्ड परिषद अध्यक्ष अर्यालको अपील

लन्डन- गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको इंग्ल्यान्ड राज्य समन्वय परिषद अध्यक्ष शम्भुप्रसाद अर्यालले संघको नयाँ सदस्यता लिन तथा नविकरण गर्न अपील गरेका छन् ।

बेलायतवासी सम्पूर्ण नेपालीहरुलाई यही बुधबार २५ जुनमा सदस्यता डेडलाइन सकिनुअघि सदस्य बन्न अध्यक्ष अर्यालले आव्हान गरेका हुन् ।

विदेशमा बस्ने सबै गैरआवावासीय नेपालीहरुका हकअधिकारका पक्षमा पैरवी गर्ने एकमात्र संस्था एनआरएनएआरएन भएको भन्दै उनले सबैलाई यही संस्थाको छाताभित्र एकबद्ध हुन आव्हान गरेका छन् ।

‘एनआरएनएमा समस्या र कमजोरीहरु हुन सक्छन् । तर नेपाल सरकारबाट मानयताप्राप्त यो संस्थाको महत्व कम हुन सक्दैन’, अध्यक्ष अर्यालले भनेका छन्, ‘त्यसैले हामी सबै सदस्य बनेर संस्थाभित्रै बसेरसुधार गर्ने हो ।’

स्मार्ट एनआरएनए एपबाट सदस्यता लिने क्रममा कुनै कठिनाइ आए आफूसहित एनआरएनए यूकेका पदाधिकारीहरुलाई सम्पर्क राख्न उनले आग्रह गरेका छन् ।

एनआरएनए यूके सदस्यता आइसीसीको एमआइएस सिस्टमबाट लिन सकिन्छ । आइओएस तथा एन्ड्रोयड स्मार्ट फोनमा स्मार्ट एनआरएनए एप डाउनलोड गरि सदस्य बन्न सकिनेछ ।स्मार्ट एनआरएनए एपमार्फत सदस्यता शुल्क तिरेको प्रमाण राखे पञ्चात सदस्यता तत्कालै स्वीकृत हुने पनि जनाइएको छ ।

एमआइएस प्रणालीमार्फत सदस्यता लिने अन्तिम मिति २५ जुन, २०२५, राती ११ः५९ सम्म छ ।

एनआरएनए यूके निर्वाचन अनलाइनमार्फत २६ जुलाई र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा तय छ ।

एनआरएनए यूके सदस्यता लिने लिंक:

एप्पल/ आइओएसबाट सदस्यता लिन यहाँ क्लिक गर्नुहोस्।

एण्ड्रोइड/ गुगल प्लेबाट सदस्यता लिन यहाँ क्लिक गर्नुहोस्।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register