१२औं ग्रीनवीचकप उपाधि दाजुभाइ एफसीलाई

लन्डन- साउथ इष्ट लन्डनमा आयोजित १२ औं ग्रीनवीचकपको उपाधि दाजुभाइ एफसीले जितेको छ । नेपाली युथ एशोसिएसनको आयोजनामा आइतबार प्लमस्टिड कमनको स्वीनगेट प्लेयिङ फिल्डमा सम्पन्न ग्रीनवीचकप फेस्टिभलमा युथ विधामा सहभागी १० टोलीको प्रतिस्पर्धामा दाजुभाइले पहिलो हुंदै उपाधि जितेको हो। उपाधि जित्ने क्रममा निकै प्रतिस्पर्धात्मक फाइनलमा दाजुभाइ एफसीले ट्राइब्रेकरमा प्लमस्टिड एफसीलाई हराएको थियो । विजेता दाजुभाइले […]

Jun 22, 2025 - 14:37
 0
१२औं ग्रीनवीचकप उपाधि दाजुभाइ एफसीलाई

लन्डन- साउथ इष्ट लन्डनमा आयोजित १२ औं ग्रीनवीचकपको उपाधि दाजुभाइ एफसीले जितेको छ ।

नेपाली युथ एशोसिएसनको आयोजनामा आइतबार प्लमस्टिड कमनको स्वीनगेट प्लेयिङ फिल्डमा सम्पन्न ग्रीनवीचकप फेस्टिभलमा युथ विधामा सहभागी १० टोलीको प्रतिस्पर्धामा दाजुभाइले पहिलो हुंदै उपाधि जितेको हो।

उपाधि जित्ने क्रममा निकै प्रतिस्पर्धात्मक फाइनलमा दाजुभाइ एफसीले ट्राइब्रेकरमा प्लमस्टिड एफसीलाई हराएको थियो ।

विजेता दाजुभाइले उपाधिसंगै नगद १५ सय पाउन्डको पुरस्कार प्राप्त गर्यो । उपविजेता प्लमस्टिड एफसीले नगद १ हजार पाउन्डको पुरस्कार पायो ।

ग्रीनवीचकपको भेटेरान विधामा ६ टीमबीचको प्रतिस्पर्धामा प्लमस्टिड भेट विजेता बन्यो । विजेतालाई उपाधिसंगै नगद ५ सय पाउण्ड पुरस्कार प्रदान गरियो ।

विजेता टीम तथा खेलाडीहरुलाई आयोजक नेपाली युथ एशोसिएसन अध्यक्ष लछुमन गुरुङ, संस्थापकहरु ह्यारी गुरुङ र प्रसिद्ध प्रधान, हेल्प नेपाल यूके अध्यक्ष सचिन श्रेष्ठ, एनआरएनए यूके पूर्व महासचिवफडिन्द्र भट्टराई, तमुधिं साउथ इष्ट अध्यक्ष शिवराम गुरुङ, पासा पुचः गुथि साउथ इष्ट अध्यक्ष सुरोज मास्केलगायतले ट्रफी, मेडल तथा पुरस्कार वितरण गरेका थिए ।

ग्रीनवीचकप फेस्टिभलस्थलमा पासा पुचः गुथि यूके र तमुधिं साउथ इष्टलगायतका स्टलमा उपलब्ध मौलिक नेपाली परिकारहरु निकै रुचाइएका थिए।

सो अवसरमा स्थानीय कलाकार तथा ब्यान्डहरुले लाइभ संगीत समेत प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register