भारतको कुम्भ मेलामा हराएका मानिस खोज्न एआई प्रयोग हुँदै
काठमाडौं– यदि तपाईं हिन्दी फिल्मको पारखी हुनुहुन्छ भने यस्तो कथा कहीँ न कहीँ हेर्नुभएको होला, जहाँ महाकुम्भको मेलामा दाजुभाइ वा बच्चा परिवार हराउँछन् । ठूलो भएपछि उनीहरुको जन्म चिन्ह वा कुनै चिनोका कारण एक अर्कालाई चिनेर पुनर्मिलन हुन्छ । हिन्दी फिल्महरूमा देखिने सोही महाकुम्भ मेला उत्तर भारतको प्रयागराजमा सोमबारदेखि सुरू भएको छ । उक्त मेलामा ४० करोडभन्दा धेरै भक्तजनहरू पुग्ने अनुमान गरिएको छ । ६ हप्ता लामो समयसम्म चल्ने यो मेलामा दैनिक करोडौंको सङ्ख्यामा मानिसहरू सहभागी भइरहेका छन् । मेल...

What's Your Reaction?






