वरिष्ठ अधिवक्ता शम्भु थापामाथि कारबाही गर्न प्रेस चौतारीको माग

काठमाडौं ।  वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकार उमेश कार्कीमाथि गरेको दुर्ब्याहार प्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ। नेपाल प्रेस डट कममा फोटो पत्रकार कार्कीलाई हिजो नेकपा समाजवादीको पार्टी कार्यालयबाट बाहिरिंदै गर्दा थापाले अपशब्द गर्दै दुर्ब्याबहार गरेका थिए ।   सार्वजनिक स्थानमा निर्बाध रुपमा फोटो वा भिडियो खिच्न पाउने संवैधानिक हकको जिम्मेवार अधिवक्ताबाट नै उल्लङ्घन भएकोमा […]

Jun 6, 2025 - 08:27
 0
वरिष्ठ अधिवक्ता शम्भु थापामाथि कारबाही गर्न प्रेस चौतारीको माग

काठमाडौं । 

वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकार उमेश कार्कीमाथि गरेको दुर्ब्याहार प्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ। नेपाल प्रेस डट कममा फोटो पत्रकार कार्कीलाई हिजो नेकपा समाजवादीको पार्टी कार्यालयबाट बाहिरिंदै गर्दा थापाले अपशब्द गर्दै दुर्ब्याबहार गरेका थिए । 

 सार्वजनिक स्थानमा निर्बाध रुपमा फोटो वा भिडियो खिच्न पाउने संवैधानिक हकको जिम्मेवार अधिवक्ताबाट नै उल्लङ्घन भएकोमा चौतारीले गम्भिर ध्यान आकर्षण भएको जनाएको हो । 

चौतारीका महासचिव हिरामान लामाले आज एक विज्ञप्ति जारी गर्दै थापाको यस प्रकारको व्यवहारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो प्रहार गरेको निष्कर्ष उल्लेख गरिएको छ । सो बिज्ञप्तीमा दोषीलाई कानुनी कारबाही गर्नसमेत माग गरिएको छ।  

श्रमजीवी पत्रकार माथि भएको यस हर्कतको विरुद्ध सशक्त आवाज उठाउन चौतारीले नागरिक समाज, पेसागत संघसंगठनलाई आह्वान गरेको छ । यसैगरी पत्रकारलाई निर्बाध रुपमा समाचार संकलनको वातावरण बनाउन र भौतिक सुरक्षाको प्रत्याभूति दिन समेत विज्ञप्तिमार्फत माग गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register