झापामा अवैध सामान लिएर आउँदै गरेको भारतीय कार प्रहरी नियन्त्रणमा

झापा, ८ चैत । अवैध सामान लिएर भारतबाट आउँदै गरेको कारसहित कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेचीनगर नगरपालिका वडा नं। ६ कालीखोला हुँदैं भारतबाट नेपालतर्फ आउँदैं गरेको डब्लुबी ७४ एस २१५२ नम्बरको भारतीय कार र चालकलाई चेकजाँच गर्ने क्रममा कारको सिटमुनि फल्स बटम बनाई अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको गाडीको मोविल तथा [...] The post झापामा अवैध सामान लिएर आउँदै गरेको भारतीय कार प्रहरी नियन्त्रणमा appeared first on Jhapa Online.

Mar 21, 2025 - 15:52
 0
झापामा अवैध सामान लिएर आउँदै गरेको भारतीय कार प्रहरी नियन्त्रणमा

झापा, ८ चैत । अवैध सामान लिएर भारतबाट आउँदै गरेको कारसहित कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेचीनगर नगरपालिका वडा नं। ६ कालीखोला हुँदैं भारतबाट नेपालतर्फ आउँदैं गरेको डब्लुबी ७४ एस २१५२ नम्बरको भारतीय कार र चालकलाई चेकजाँच गर्ने क्रममा कारको सिटमुनि फल्स बटम बनाई अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको गाडीको मोविल तथा मोटर पार्टसहरु फेला परेको थियो ।

अन्दाजी रु १ लाख १५ हजार ५८२ बराबरको सामान र अन्दाजी ८ लाख बराबरको कारसहित कार चालक भारत पश्चिम बंगाल दार्जिलिङ खोरीबारी थाना भतासी प्रेमाजोत बस्ने ३४ वर्षीय अमित सिंहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

The post झापामा अवैध सामान लिएर आउँदै गरेको भारतीय कार प्रहरी नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register