स्विडेनको सैलुनमा गोली चल्दा तीनको मृत्यु

स्टकहोम । युरोपेली देश स्वीडेनको अप्सला सहरमा रहेको हेयर सैलुनमा गोली चलेको छ । अहिले यसमा ३ जनाको मृत्यु भइसकेको छ भने केही घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार साँझ सहरको वाक्सला स्क्वायर नजिकै गोली चलेको आवाज सुनेपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए । मंगलबार एक विज्ञप्तिमार्फत स्विडन पुलिसले जानकारी दिए केही मानिसले प्रहरीकोमा […]

Apr 30, 2025 - 03:51
 0
स्विडेनको सैलुनमा गोली चल्दा तीनको मृत्यु

स्टकहोम ।

युरोपेली देश स्वीडेनको अप्सला सहरमा रहेको हेयर सैलुनमा गोली चलेको छ । अहिले यसमा ३ जनाको मृत्यु भइसकेको छ भने केही घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार साँझ सहरको वाक्सला स्क्वायर नजिकै गोली चलेको आवाज सुनेपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए ।

मंगलबार एक विज्ञप्तिमार्फत स्विडन पुलिसले जानकारी दिए केही मानिसले प्रहरीकोमा कल गरेका थिए कि सैलुनमा गोली चलेको छ ।

यो घटना राजधानी स्टकहोमको उत्तरमा ६०  किलोमिटर टाढा रहेको भाक्सला स्क्वायर नजिक भएको हो । त्यसपछि आकस्मिक सेवाका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए र हत्याको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

स्वीडेनको सार्वजनिक टेलिभिजन स्टेशन एसटिभीले सो हत्यामा संलग्न संदिग्ध स्कूटरमा भागेको बताएको छ। प्रहरी अधिकारीले इलाकालाई घेरा हालेर अनुसन्धान सुरु गरेका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register