यती नेपाली एसोसिएसन यूकेको अध्यक्ष चुनिए टंक भट्टराई

लन्डन । युरोपकै पुरानो सामाजिक संस्था यती नेपाली एसोसिएसन यूकेमा नयां नेतृत्व चयन भएको छ । ४ मे आइतबार लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लवमा सम्पन्न संस्थाको ३१ औं अधिवेशनले टंक प्रसाद भट्टराईको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो । भट्टराई यसअघि महासचिव थिए । बेलायत तथा नेपालमा एक युवा व्यवसायी तथा सामाजिक […]

May 4, 2025 - 23:03
 0
यती नेपाली एसोसिएसन यूकेको अध्यक्ष चुनिए टंक भट्टराई

लन्डन । युरोपकै पुरानो सामाजिक संस्था यती नेपाली एसोसिएसन यूकेमा नयां नेतृत्व चयन भएको छ ।

४ मे आइतबार लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लवमा सम्पन्न संस्थाको ३१ औं अधिवेशनले टंक प्रसाद भट्टराईको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

भट्टराई यसअघि महासचिव थिए । बेलायत तथा नेपालमा एक युवा व्यवसायी तथा सामाजिक अभियन्ताको परिचय बनाइरहेका भट्टराई बेलायतमा सयौँलाई रोजगारी दिने केयर व्यवसायी हुन् ।

नेपालमा सूचना प्रविधिमा समेत लगानी गरिरहेका भट्टराई कोडेक यूकेका पूर्व सचिव तथा अध्यक्ष समेत हुन्।

अध्यक्ष निर्वाचित भएपछि भट्टराईले लामो इतिहास बोकेको यस संस्थालाई समयअनुसार अघि बढाउन आफूलाई प्रस्तुत गर्ने अठोट व्यक्त गरेका छन् । उनले लामो समयदेखि प्रमुख चासोका रुपमा हेरिएको यती घर निर्माण आफ्नो प्रमुख प्राथमिकता रहेको बताए । क्षेत्रीय प्रतिनिधिहरु राखेर संस्थालाई अझ व्यापक बनाइने पनि उनले बताए ।भट्टराईले सबैभन्दा पुरानो संस्थाको नेतृत्व युवा पुस्तालाई सुम्पिएकामा अग्रजहरु र अन्य सबै सहयोगीप्रति आभार समेत व्यक्त गरे ।

नयां कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा वसन्त राय क्षेत्री, उपाध्यक्ष राज पाण्डे, महासचिव आशिषराज पन्त, उपमहासचिव सुष्मा पौडेल, कोषाध्यक्ष मणीकला राई गुरुङ, खेलकुद सचिव हरि रेग्मी, सामाजिक सचिव क्षमता ढकाल, सांस्कृतिक सचिव गोपाल बस्नेत र प्रकाशन सचिवमा आशिष महर्जन चुनिएका छन् ।

सदस्यहरुमा जेनिस गिरी, रश्मी सिंह राणा, प्रशान्त खड्का, लक्ष्मण पाण्डे, सुरेश कुमार राई, टंकबहादुर गुरुङ र रुक्मिणी थापा निर्विरोध निर्वाचित भएका छन् ।

नयां कार्यसमिति चयनका लागि निर्वाचन समिति संयोजकमा यती पूर्व अध्यक्ष उमेशराज मोक्तान र सदस्यहरुमा शशीधर नेपाल र शंकरप्रसाद दाहाल थिए ।

नयां कार्यसमिति घोषणा लगत्तै यतीले विभिन्न चारवटा प्रस्ताव पारित गरेको छ ।

नवनियुक्त अध्यक्ष भट्टराईको प्रस्ताव बमोजिम यती कप फुटबल प्रतियोगिता ब्युंताउने, यती झण्डा र एन्थम सृजना, यती हाउस निर्माण एवं संस्थामा योगदान गर्ने व्यक्तित्वलाई वर्षेनी ‘यती रत्न सम्मान’ गर्ने प्रस्ताव सर्वसम्मत पारित भएको छ । यती हाउस निर्माणका लागि प्रमुख संयोजकमा ट्रष्टी विजय थापालाई नियुक्त गरिएको छ ।

कार्यक्रममा गायिका साहिमा श्रेष्ठले गायन प्रस्तुत गरेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register