ग्लोबल आइएमई बैङ्क र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता, ग्राहकलाई स्वास्थ्य सेवामा २५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैङ्क  लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैङ्कका  ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका डेबिट/क्रेडिट कार्ड र मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताले अस्पतालको सेवा तथा औषधि उपचारमा २५ प्रतिशतसम्म छुट पाउनेछन्। अस्पतालले सामान्य बेड, […]

Mar 21, 2025 - 15:45
 0
ग्लोबल आइएमई बैङ्क र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता, ग्राहकलाई स्वास्थ्य सेवामा २५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैङ्क  लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैङ्कका  ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका डेबिट/क्रेडिट कार्ड र मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताले अस्पतालको सेवा तथा औषधि उपचारमा २५ प्रतिशतसम्म छुट पाउनेछन्। अस्पतालले सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओ.पी.डी. र अपरेशन लगायतका सेवामा यो छुट प्रदान गर्नेछ।

ग्लोबल आइएमई बैङ्कका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यस साझेदारीबाट बैङ्कका  ग्राहकले गुणस्तरीय स्वास्थ्य सेवा उचित मूल्यमा पाउने र अस्पताललाई पनि सेवा विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

ग्लोबल आइएमई बैंङ्कले ७७ वटै जिल्लामा ११ सयभन्दा बढी सेवा केन्द्रमार्फत बैङ्किङ  सेवा प्रदान गर्दै आएको छ। बैङ्कका  ५० लाखभन्दा बढी ग्राहक छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register