बेचन झालाई थुनामा राख्नुपर्ने कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झालाई थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । झाले बुधवार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा झाको उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबिच समन्वयको काम गरेको […]

Jan 16, 2025 - 11:17
 0
बेचन झालाई थुनामा राख्नुपर्ने कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झालाई थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

झाले बुधवार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झाको उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबिच समन्वयको काम गरेको आरोप छ ।

गत असार १५ गते पक्राउ परेका झालाई भदौ २ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

सोही आदेश गैरकानूनी भएको दाबी गर्दै झा बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register