यसरी सुरु भएको थियो इस्वी संवत्‌को नयाँ वर्ष

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार बुधबार (जनवरी १)देखि इस्वी संवत्को नयाँ वर्ष २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्‌कोे सुरुवात भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको सम्भवलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका […]

Jan 1, 2025 - 00:14
 0
यसरी सुरु भएको थियो इस्वी संवत्‌को नयाँ वर्ष

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार बुधबार (जनवरी १)देखि इस्वी संवत्को नयाँ वर्ष २०२५ सुरु भएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्‌कोे सुरुवात भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको सम्भवलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, चितवनकाे सौराहा, लुम्बिनी, तनहुँको बन्दीपुरलगायत स्थानमा ‘न्यू इयर इभ’का नाममा यो संवत् मनाइन्छ । मङ्गलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ ।

नयाँ वर्षको सुरुवात न्युजिल्याण्डबाट हुने गर्छ । त्यहाँ नयाँ वर्ष नेपालमाभन्दा ७ घण्टा १५ मिनेट अगाडि आउँछ । न्युजिल्याण्डमा मंगलबार साँझ ५ः३० बजेतिर नयाँ वर्ष सुरु भएको थियो । अमेरिकामा भने नेपालमा भन्दा १० घण्टा ४५ मिनेटपछि मात्र आउने गर्छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register