विपक्षी दलहरूको संयुक्त बैठक फेरि बस्दै, सरकारको समीक्षा गरिने

काठमाडौं । प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठक आज (शुक्रबार) फेरि बस्ने भएको छ । यसअघि बुधबार छलफलमा जुटेका विपक्षी दलहरूले आज पनि त्यसैलाई निरन्तरता दिन लागेका हुन् । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेताको कार्यालय संसद् भवन नयाँ बानेश्वरमा बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बैठकमा संसदको […]

Jan 17, 2025 - 02:32
 0
विपक्षी दलहरूको संयुक्त बैठक फेरि बस्दै, सरकारको समीक्षा गरिने

काठमाडौं । प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठक आज (शुक्रबार) फेरि बस्ने भएको छ । यसअघि बुधबार छलफलमा जुटेका विपक्षी दलहरूले आज पनि त्यसैलाई निरन्तरता दिन लागेका हुन् ।

बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेताको कार्यालय संसद् भवन नयाँ बानेश्वरमा बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बैठकमा संसदको विशेष आह्वानको मागसँगै सरकारको हालसम्मको अवधिको समीक्षा गरिने समेत बताइएको छ ।

बैठकपछि दिउँसो ३ बजे ल्होत्से हलमा संयुक्त पत्रकार सम्मेलन हुनेछ । बुधबार बसेको प्रतिपक्ष दलहरूको बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

संसद्को हिउँदे अधिवेशन बोलाउनुको साटो सरकारले अध्यादेशमार्फत् गम्भीर प्रकृतिका कानुन ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँगै विपक्षी दलहरू आक्रोश व्यक्त गरिरहेका छन् ।

संसद् छलेर सरकारले बदनियतपूर्ण तवरले अध्यादेश ल्याइरहेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बिहीबार नेपालभ्युजसँगको कुराकानीमा बताएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सुशासनबाट तर्सिरहेकाले कानुनका छिद्र खोजेर अध्यादेश ल्याउन लागिपरेको उनले आरोप लगाए ।

यसअघि बुधबारको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमन पुनले पनि दुई ठूला पार्टीले संसद्लाई हेपेर स्वेच्छाचारी लाद्न खोजेको आरोप लगाएका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले हालै सिफारिस गरेका पाँचवटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरिसकेका छन् ।

यसअघि पनि सरकारले सहकारीसम्बन्धी अध्यादेश ल्याएको थियो ।

सरकार संसद् रोकेर अध्यादेशतिर : विपक्षीदेखि विज्ञसम्मको एकैस्वर – यो बदनियतपूर्ण छ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register