वित्तीय अवस्था बिग्रिएको पोखरा फाइनान्सलाई नेपाल राष्ट्र बैंकको प्रश्न- ‘समस्याग्रस्त घोषणा किन नगर्ने ?’
काठमाडौँ । समस्याग्रस्त घोषणा गर्नुअघि नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई स्पष्टीकरण सोधेको छ । राष्ट्र बैंकले फाइनान्सलाई ‘किन समस्याग्रस्त घोषणा नगर्ने’ भन्दै १५ दिने स्पष्टीकरण सोधेको हो । नेपाल राष्ट्र बैंकको गत साता बसेको सञ्चालक समितिको बैठकले बैंकलाई १५ दिने स्पष्टीकरण सोधेको हो । फाइनान्सलाई १५ दिने स्पष्टीकरण सोधिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले पुष्टि […]

काठमाडौँ । समस्याग्रस्त घोषणा गर्नुअघि नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई स्पष्टीकरण सोधेको छ । राष्ट्र बैंकले फाइनान्सलाई ‘किन समस्याग्रस्त घोषणा नगर्ने’ भन्दै १५ दिने स्पष्टीकरण सोधेको हो ।
नेपाल राष्ट्र बैंकको गत साता बसेको सञ्चालक समितिको बैठकले बैंकलाई १५ दिने स्पष्टीकरण सोधेको हो । फाइनान्सलाई १५ दिने स्पष्टीकरण सोधिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले पुष्टि गरेका छन् ।
वित्तीय अवस्था दयनीय बनेपछि कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेलगत्तै राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थामाथि पनि निगरानी बढाएको थियो ।
सोही क्रममा वित्तीय अवस्थासँगै संस्थागत सुशासन झन् कमजोर भएको निष्कर्षसहित राष्ट्र बैंकले पोखरा फाइनान्सलाई ‘किन समस्याग्रस्त घोषणा नगर्ने’ भन्दै १५ दिने स्पष्टीकरण सोधिएको छ ।
हाल पोखरा फाइनान्सले भने मर्जका लागि दुई वाणिज्य बैंकसँग छलफल गरिरहेको छ । जसमध्ये देशकै सबैभन्दा ठूलो मध्येको एक बैंकसँग विस्तृतमा छलफल भइरहेको छ । संस्थाले वाणिज्य बैंकसँग मर्जको प्रारम्भिक छलफल अगाडि बढाउने विषयमा बैंकका सञ्चालकहरु एक भइसकेका छन् ।
What's Your Reaction?






