यू–१९ महिला टी–२० विश्वकप आजदेखि, बङ्गलादेशको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप आज (शनिबार)देखि मलेसियामा सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् । यस फम्र्याटको विश्वकपमा पहिलोपटक सहभागिता जनाइरहेको नेपालको महिला यू–टोलीले बङ्गलादेशको सामना गर्दै आज प्रतियोगिताको सुरूवात गर्नेछ । नेपाल र बङ्गलादेशबीचको खेल बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा हुनेछ । यो खेल नेपाली समयअनुसार आज दिउँसो सवा […]

Jan 18, 2025 - 02:38
 0
यू–१९ महिला टी–२० विश्वकप आजदेखि, बङ्गलादेशको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप आज (शनिबार)देखि मलेसियामा सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् ।

यस फम्र्याटको विश्वकपमा पहिलोपटक सहभागिता जनाइरहेको नेपालको महिला यू–टोलीले बङ्गलादेशको सामना गर्दै आज प्रतियोगिताको सुरूवात गर्नेछ ।

नेपाल र बङ्गलादेशबीचको खेल बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा हुनेछ । यो खेल नेपाली समयअनुसार आज दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ । नेपालको कप्तानी पूजा महतोले तथा बङ्गलादेशको सुमैया अक्तरले गर्नेछन् ।

नेपाल र बङ्गलादेशबीच गत डिसेम्बरमा भेट भएको थियो । मलेसियामै भएको यू–१९ एसिया कपमा नेपाल पराजित भएको थियो । यसर्थ आज नेपाल बङ्गलादेशसँग त्यही नतिजा उल्टाउन चाहन्छ ।

गत वर्षको नोभेम्बरमा यूएईमा विश्वकपका लागि एसियाली छनोट भएको थियो । छनोट प्रतियोगितामा नेपालसहित ४ देशको सहभागिता रहेको थियो ।

प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा भएको थियो । तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल विश्वकपका लागि छनोट भएको थियो ।

यू–१९ महिला विश्वकपमा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलङ्का, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् ।

समूह ‘बी’मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सी’मा न्युजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् । समूह ‘डी’मा नेपालसहित स्कटल्याण्ड, बङ्गलादेश र अस्ट्रेलिया रहेका छन् ।

यस्तो छ नेपाली टोली :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register