झापामा भन्सार छलिएका ३ लाख ४२ हजार ५०० को अवैध सामान बरामद

झापा, ५ माघ । जिल्लाका दुई भिन्न स्थानबाट शुक्रबार प्रहरीले भन्सार छलिएका ३ लाख ४२ हजार ५०० बराबरको अवैध सामान बरामद गरेको छ । मेचीनगर नगरपालिका–१३ स्थित चारआली चोकमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधनलाई चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई ल्याउदै [...] The post झापामा भन्सार छलिएका ३ लाख ४२ हजार ५०० को अवैध सामान बरामद appeared first on Jhapa Online.

Jan 18, 2025 - 02:45
 0
झापामा भन्सार छलिएका ३ लाख ४२ हजार ५०० को अवैध सामान बरामद

झापा, ५ माघ । जिल्लाका दुई भिन्न स्थानबाट शुक्रबार प्रहरीले भन्सार छलिएका ३ लाख ४२ हजार ५०० बराबरको अवैध सामान बरामद गरेको छ ।

मेचीनगर नगरपालिका–१३ स्थित चारआली चोकमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधनलाई चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई ल्याउदै गरेको करिब १ लाख ६८ हजार रुपैयाँ बराबरको ओल्ड मंक लेखिएको १६८ पिस रक्सी र सिक्किम २००० लेखिएको ७२ पिस ७२ हजार रुपैयाँ गरी २ लाख ४० हजार बराबरको रक्सीसहित मोरङ सुन्दरहरैचा नगरपालिका–८ का ४० वर्षीय शंकरप्रसाद प्रसाईंलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी राखेको छ ।

त्यसैगरी, शुक्रबार राति जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर–६ हनुमान मन्दिर हुँदै भारतबाट नेपालतर्फ अबैध रुपमा लुकाई छिपाई ल्याउदैं गरेको १ लाख २ हजार ५०० रुपैयाँ बराबरको घरायसी सामानहरु बेवारिसे अवस्थामा फेला पारेको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापामा भन्सार छलिएका ३ लाख ४२ हजार ५०० को अवैध सामान बरामद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register