भारतमा सरकारी क्वार्टरमै मृत भेटिए २ छोराछोरीसहित दम्पती

काठमाडौं । भारतको छत्तीसगढ राज्यस्थित महासमुन्द जिल्लाको बागबहारामा रहेको एक सरकारी क्वार्टरमा बुधबार एउटा हृदयविदारक घटना भएको छ । एकै परिवारका चार जनाको शव फेला परेको हो । उनीहरूले सामूहिक आत्महत्या गरेको अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी उपरीक्षक, अतिरिक्त प्रहरी उपरीक्षक र फोरेन्सिक टोली तुरुन्तै घटनास्थलमा पुगेर अनुसन्धान सुरु […]

May 14, 2025 - 10:12
 0
भारतमा सरकारी क्वार्टरमै मृत भेटिए २ छोराछोरीसहित दम्पती

काठमाडौं । भारतको छत्तीसगढ राज्यस्थित महासमुन्द जिल्लाको बागबहारामा रहेको एक सरकारी क्वार्टरमा बुधबार एउटा हृदयविदारक घटना भएको छ ।

एकै परिवारका चार जनाको शव फेला परेको हो । उनीहरूले सामूहिक आत्महत्या गरेको अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी उपरीक्षक, अतिरिक्त प्रहरी उपरीक्षक र फोरेन्सिक टोली तुरुन्तै घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

मृत फेला पर्नेमा पटेवा प्रहरी चौकीअन्तर्गत पर्ने चिरको गाउँका ४१ वर्षीय वसन्त पटेल, उनकी श्रीमती भारती पटेल, छोरी सेजल पटेल र छोरा कियांश पटेल छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register