पोखरामा दोस्रो ड्रागन बोट फेस्टिभल हुने

काठमाडौं । पोखरामा यही पुस १४ र  १५ गते (डिसेम्बर २९–३०, २०२४) दोस्रो ड्रागन बोट फेस्टिभल आयोजना गरिने भएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन र पोखरा पर्यटन परिषद्को सहकार्यमा फेवातालमा हुने यो प्रतियोगितामा नेपाल र चीनका विभिन्न टिमको सहभागिता रहनेछ । ड्रागन […]

Dec 22, 2024 - 10:53
 0
पोखरामा दोस्रो ड्रागन बोट फेस्टिभल हुने

काठमाडौं । पोखरामा यही पुस १४ र  १५ गते (डिसेम्बर २९–३०, २०२४) दोस्रो ड्रागन बोट फेस्टिभल आयोजना गरिने भएको छ ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन र पोखरा पर्यटन परिषद्को सहकार्यमा फेवातालमा हुने यो प्रतियोगितामा नेपाल र चीनका विभिन्न टिमको सहभागिता रहनेछ ।

ड्रागन बोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने छ । २ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसै गरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समूह पाँच सय डलर पनि प्रदान गरिनेछ । चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ ।

यस प्रतियोगिताले नेपाल र चीनका नागरिकबिच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा राखिएको छ ।

चिनियाँ नयाँ वर्षको उत्सवको अवसरमा हरेक वर्षको पाँचौँ महिनामा चीनमा आयोजना गरिने यो परम्परागत खेललाई नेपालमा पनि लोकप्रिय बनाउन फेस्टिभलको आयोजना हुँदै आइरहेको छ । यो प्रतियोगिताको पहिलो संस्करण असार २०८० मा पोखरामा सम्पन्न भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register