नाइजेरियामा इन्धन बोकेको ट्रक विस्फोट : ७० जनाको मृत्यु

लागोस । नाइजेरियाको मध्य क्षेत्रमा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ । ‘अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ,’ नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी)का प्रमुख कुमार सुक्वामले एएफपीलाई टेलिफोनमा बताए । सुक्वामले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक शनिबार बिहान १० बजे डिक्को जङ्क्शनमा दुर्घटनाग्रस्त भएको जानकारी दिए । […]

Jan 19, 2025 - 01:21
 0
नाइजेरियामा इन्धन बोकेको ट्रक विस्फोट : ७० जनाको मृत्यु

लागोस । नाइजेरियाको मध्य क्षेत्रमा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ ।

‘अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ,’ नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी)का प्रमुख कुमार सुक्वामले एएफपीलाई टेलिफोनमा बताए ।

सुक्वामले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक शनिबार बिहान १० बजे डिक्को जङ्क्शनमा दुर्घटनाग्रस्त भएको जानकारी दिए ।

‘अधिकांश मानिस चिन्न नसकिने गरी जलेका थिए,’ सुक्वामले भने, ‘हामी वास्तविकता बुझ्न घटनास्थलमा छौं ।’

गम्भीर आर्थिक सङ्कटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register