रक्षा बललाई नेतान्याहुको उर्दी : युद्धविराम सम्झौता तत्काल लागू नगर्नू

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले बन्धकहरूलाई रिहा गर्ने सूची नदिएसम्म गाजामा युद्धविराम ढिलाइ हुने बताएका छन् । उनको कार्यालयले आइतबार बिहान विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । जसमा नेतन्याहुले इजरायली रक्षा बल (आईडीएफ)लाई युद्धविराम नगर्न भनेका छन् । युद्धविराम स्थानीय समयअनुसार बिहान ८ः३० बजे सुरु हुन लागेको थियो । हमासले ’जमिनमा […]

Jan 19, 2025 - 06:51
 0
रक्षा बललाई नेतान्याहुको उर्दी : युद्धविराम सम्झौता तत्काल लागू नगर्नू

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले बन्धकहरूलाई रिहा गर्ने सूची नदिएसम्म गाजामा युद्धविराम ढिलाइ हुने बताएका छन् ।

उनको कार्यालयले आइतबार बिहान विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

जसमा नेतन्याहुले इजरायली रक्षा बल (आईडीएफ)लाई युद्धविराम नगर्न भनेका छन् । युद्धविराम स्थानीय समयअनुसार बिहान ८ः३० बजे सुरु हुन लागेको थियो ।

हमासले ’जमिनमा प्राविधिक कारणले’ ढिलाइ भएको बताएको छ ।

गाजामा युद्धविराम सम्झौताको पहिलो चरण ’अस्थायी युद्धविराम’ भएको इजरायली नेताले शनिबार राति चेतावनी दिएका थिए । ‘यदि सम्झौता तोड्यो भने इजरायललाई युद्ध जारी राख्ने अधिकार छ र यसलाई अमेरिकाको समर्थन छ,’ ती नेताले भने ।

युद्धविराम सुरु हुन केही समय मात्रै बाँकी छ । यसअघि, प्रधानमन्त्री नेतान्याहुको कार्यालयका अनुसार इजरायल अझै पनि तीन बन्धकहरूको नाम रिहा गर्न पर्खिरहेको छ ।

युद्धविराम सम्झौताअनुसार आदानप्रदान हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि नै नाम खुलाउनुपर्ने हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register