हिमालयन लाइफले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । ८ अर्ब २ करोड ३ लाख ८६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सेयरधनीलाई १ अर्ब १२ करोड २८ लाख ५३ हजार रुपैयाँ बराबरको बोनस […]

Jan 19, 2025 - 06:54
 0
हिमालयन लाइफले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

८ अर्ब २ करोड ३ लाख ८६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सेयरधनीलाई १ अर्ब १२ करोड २८ लाख ५३ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने घोषणा गरेको छ ।

बोनस सेयरमा लाग्ने कर भने लगानीकर्ता स्वयम् आफैँले तिर्नुपर्नेछ ।

कम्पनीले सेयरधनीका लागि प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाइएको छ । प्राधिकरणको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेसँगै सेयरधनीमा वितरण गरिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register