बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर बेच्ने व्यक्ति पक्राउ 

काठमाडौँ । खसी भनेर बाख्राको मासु बेच्ने व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका- १३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन् ।  अन्सारीलाई बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर खसीको मासु भन्दै बेचेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  बाख्राको मासुलाई खसीको भन्दै बेच्ने गरेको भन्ने सूचनाका आधारमा अन्सारीलाई पक्राउ गरिएको प्रहरीले […]

Feb 13, 2025 - 03:45
 0
बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर बेच्ने व्यक्ति पक्राउ 

काठमाडौँ । खसी भनेर बाख्राको मासु बेच्ने व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका- १३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन् । 

अन्सारीलाई बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर खसीको मासु भन्दै बेचेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

बाख्राको मासुलाई खसीको भन्दै बेच्ने गरेको भन्ने सूचनाका आधारमा अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँस्ने र बाख्राको मासुलाई खसीको मासु भन्दै बिक्री गर्दै आएको पाइएको छ । 

उनको वीरगञ्ज महानगरपालिका- १३ प्रतिमा चोकमा आसिम फ्रेस हाउस छ । सोही फ्रेस हाउसमा उनले खसीको भन्दै बाख्राको मासु बेच्दै आएका थिए । हाल उनीविरुद्ध कालोबजारी कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register