दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति

काठमाडौँ । दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न आदेश दिएको हो । गत चैत १५ गते राजावादीको आन्दोलनका क्रममा हिंसा भड्काएको आरोपमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो ।  उनलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । उनलाई […]

May 18, 2025 - 11:12
 0
दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति

काठमाडौँ । दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

गत चैत १५ गते राजावादीको आन्दोलनका क्रममा हिंसा भड्काएको आरोपमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो । 

उनलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । उनलाई अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । योसँगै प्रसाईंको हिरासत बसाईं थप लम्बिएको छ । 

उनीविरुद्ध प्रहरीले राज्य विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register