एनआईसी एशियाका सिइओले राजिनामा दिएका हुन् ? बैंक भन्छ- ‘निराधार हल्ला’

काठमाडौँ । केही दिन यता एनआईसी एशिया बैंकका सिइओ रोशन कुमार न्यौपानेले राजिनामा दिएको हल्ला चल्दा र त्यसमाथि मूलधारकै मिडियाले पनि सोही आशयको समाचार प्रकाशन गरेपछि यतिबेला बैंकका सिइओले राजिनामा दिएको चर्चा चुलिएको छ ।  तर, बैंकले भने न्यौपानेले राजिनामा नदिएको र यो हल्ला निराधार रहेको दाबी गरेको छ ।  बैंकका सूचना अधिकारी अर्जुन खनियाँले […]

Jan 22, 2025 - 03:18
 0
एनआईसी एशियाका सिइओले राजिनामा दिएका हुन् ? बैंक भन्छ- ‘निराधार हल्ला’

काठमाडौँ । केही दिन यता एनआईसी एशिया बैंकका सिइओ रोशन कुमार न्यौपानेले राजिनामा दिएको हल्ला चल्दा र त्यसमाथि मूलधारकै मिडियाले पनि सोही आशयको समाचार प्रकाशन गरेपछि यतिबेला बैंकका सिइओले राजिनामा दिएको चर्चा चुलिएको छ । 

तर, बैंकले भने न्यौपानेले राजिनामा नदिएको र यो हल्ला निराधार रहेको दाबी गरेको छ । 

बैंकका सूचना अधिकारी अर्जुन खनियाँले सो हल्ला निराधार भएको दाबी गरेका छन् । ‘सिइओ सर अहिले पनि नियमित मिटिङमै हुनुहुन्छ । राजिनामाको विषय हल्ला बाहेक केही होइन ।’, उनले भने ।

स्वयम् न्यौपानेले पनि आफ्नो राजिनामाको हल्ला गलत भएको दाबी गरेका छन् । उनले बैंक तत्काल छोड्ने मनस्थितिमा आफू नरहेकोसमेत प्रष्ट पारेका छन् । केही समयअघि मात्रै अर्थ सरोकारकर्मीले राखेको जिज्ञासामा उनले यस्तो बताएका हुन् । उनले बैंकबाट राजिनामा दिएको हल्ला एक महिना अघिदेखि नै थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register