रविको थुनछेक बहस न्यायाधीश योगीको इजलासमा

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलनमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा हुने भएको छ । लामिछाने बुधबार कार्यालय खुलेलगत्तै अदालतमा उपस्थित भएका थिए । उनको थुनछेक बहस योगीको इजलासमा हुने तय भएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत […]

Jan 22, 2025 - 05:36
 0
रविको थुनछेक बहस न्यायाधीश योगीको इजलासमा

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलनमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा हुने भएको छ ।

लामिछाने बुधबार कार्यालय खुलेलगत्तै अदालतमा उपस्थित भएका थिए ।

उनको थुनछेक बहस योगीको इजलासमा हुने तय भएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

लामिछाने मङ्गलबार भैरहवा पुगेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register