आइएमई पेमा उडान मेला : आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक दिने भएको छ । ‘उडान मेला’ नामक योजना सार्वजनिक गर्दै कम्पनीले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक दिने जनाएको हो । माघ २ गतेबाट सुरु भएको यस अफरमार्फत आइएमई पेका सेवाग्राहीहरूले आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् […]

Jan 19, 2025 - 11:54
 0
आइएमई पेमा उडान मेला : आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक दिने भएको छ । ‘उडान मेला’ नामक योजना सार्वजनिक गर्दै कम्पनीले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक दिने जनाएको हो ।

माघ २ गतेबाट सुरु भएको यस अफरमार्फत आइएमई पेका सेवाग्राहीहरूले आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् ।

योजनामा नियमित ग्राहकले “SAVE 100” प्रोमोकोड राखेर १०० क्यासब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गने ग्राहकले “FIRSTFLY” प्रोमोकोड राखेर ३०० रुपैयाँ क्यासब्याकको लाभ उठाउन सक्नेछन् ।

हवाई टिकट किन्दा आइएमई पे एपमा”Have Promocode?” सोधिएको ठाउँमा यी प्रोमोकोडहरू राखेर क्यासब्याक पाउन सकिने जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register