विमानस्थलको घाँस काट्न वार्षिक ८८ लाखको ठेक्का

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको घाँस काट्न ८८ लाखको ठेक्का लागेको छ । विमानस्थलको धावनमार्ग (रनवे), ट्याक्सीवे, एप्रोन र अन्या क्षेत्रको घाँस काट्न ८८ लाख ४४ हजार रुपैयाँको ठेक्का लागेको हो । विमानस्थलको घाँस काट्ने ठेक्का शिवभक्त पार्वती निर्माण सेवालाई दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । शिवभक्त पार्वती निर्माण सेवा मकवानपुरको हो । […]

Jan 23, 2025 - 04:16
 0
विमानस्थलको घाँस काट्न वार्षिक ८८ लाखको ठेक्का

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको घाँस काट्न ८८ लाखको ठेक्का लागेको छ । विमानस्थलको धावनमार्ग (रनवे), ट्याक्सीवे, एप्रोन र अन्या क्षेत्रको घाँस काट्न ८८ लाख ४४ हजार रुपैयाँको ठेक्का लागेको हो ।

विमानस्थलको घाँस काट्ने ठेक्का शिवभक्त पार्वती निर्माण सेवालाई दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

शिवभक्त पार्वती निर्माण सेवा मकवानपुरको हो । यो कम्पनीले प्राधिकरणबाट ८८ लाख ४४ हजार ७ सय ६४ रुपैयाँमा विमानस्थलभित्रको घाँस काट्ने ठेक्का पाएको छ । कम्पनीको बोलपत्र प्राधिकरणबाट स्वीकृत भइसकेको छ ।

त्यस्तै, प्राधिकरणले अन्तराष्ट्रिय र आन्तरिक टर्मिनल भवनको मर्मतका लागि २ करोड ५६ लाखको ठेक्का रामेछाप पीआर जेभी पेप्सीकोलालाई दिएको छ । साथै प्राधिकरणले धावनमार्गमा रवर हटाउन र अन्य प्राविधिक काम गर्न ९ करोड २८ लाख रुपैयाँको ठेक्का प्यागोडा इफ्रा कन्स्ट्रक्सनलाई दिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register