महाप्रसादका बजार बिरोधी निर्णय एक एक गरी सच्याउँदै ! जोखिम भार घट्यो, बजारप्रति पोजेटिभ भएको प्रष्ट संकेत

काठमाडौं । नेपाली काँग्रेसका नेता गभर्नर बनेपछि नेपाल राष्ट्र बैंकले सेयर बजारप्रति उदार हुनेगरी आफ्नो काम सुरु गरेको छ । राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएर बजारमैत्री हुने सन्देश दिएको छ भने बजारको बलियोपनाका लागि काम सुरु गरेको छ । आइतबार बेलुकी चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ५० […]

May 25, 2025 - 15:50
 0
महाप्रसादका बजार बिरोधी निर्णय एक एक गरी सच्याउँदै ! जोखिम भार घट्यो, बजारप्रति पोजेटिभ भएको प्रष्ट संकेत

काठमाडौं । नेपाली काँग्रेसका नेता गभर्नर बनेपछि नेपाल राष्ट्र बैंकले सेयर बजारप्रति उदार हुनेगरी आफ्नो काम सुरु गरेको छ । राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएर बजारमैत्री हुने सन्देश दिएको छ भने बजारको बलियोपनाका लागि काम सुरु गरेको छ ।

आइतबार बेलुकी चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा हाल रहेको १२५ को जोखिम भारलाई घटाएर १०० बनाउनेगरी निर्णय भएको हो । ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाम भने यसअघि नै जोखिम भार घटाएर १०० प्रतिशत बनाइएको थियो ।
यसअघि राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले २०७८ मा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार बढाउर १५० प्रतिशत पुर्याएको थियो । नयाँ गभर्नरले महाप्रसाद अधिकारीले गरेका बजारविरोधी निर्णयहरु एक एक गरी सच्याउने अभियान नै सुरु गर्न लागेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register