रुपन्देहीमा आजदेखि रविको थुनछेक बहस

काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज (बिहीबार)देखि थुनछेक बहस सुरु हुँदैछ । रुपन्देही जिल्ला अदालतमा हुने बहसपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्नेमध्ये एउटा आदेश हुनेछ । रकम अपचलनमा प्रतिवादी बनाइएका गोर्खा मिडिया नेतटवर्कका […]

Jan 23, 2025 - 04:37
 0
रुपन्देहीमा आजदेखि रविको थुनछेक बहस

काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज (बिहीबार)देखि थुनछेक बहस सुरु हुँदैछ ।

रुपन्देही जिल्ला अदालतमा हुने बहसपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्नेमध्ये एउटा आदेश हुनेछ ।

रकम अपचलनमा प्रतिवादी बनाइएका गोर्खा मिडिया नेतटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको बुधबार पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाइएको थियो ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासले आज उपस्थित गराउने शर्तमा लामिछानेलाई जिम्मा लगाउन आदेश दिएको सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

लामिछाने बुधबार कार्यालय खुलेलगत्तै अदालतमा उपस्थित भएका थिए । बुधबार नै उनीतर्फको बहस सकिएको थियो । अब योगीकै इजलासमा आजदेखि थुनछेक बहस हुन लागेको हो । क

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register