एमालेमा नजाँदै वामदेवको आलोचना, राजेन्द्र गौतमले भने – उहाँको कारण नेकपा फुट्यो

काठमाडौं । नेता वामदेव गौतम नेकपा एमाले प्रवेश गर्ने तरखरमा छन् । यही बेला एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले वामदेवको चर्को आलोचना गरेका छन् । राजेन्द्रले वामदेवको कारण विगतमा एमालेले ठूलो दु:ख खेप्नुपरेको आरोप लगाएका छन् । वामदेव ठीक ठाउँमा उभिएको भए तत्कालीन नेकपा अदालतबाट नफुट्ने उनको तर्क छ । एमाले केन्द्रीय प्रचार तथा […]

Jan 24, 2025 - 06:49
 0
एमालेमा नजाँदै वामदेवको आलोचना, राजेन्द्र गौतमले भने – उहाँको कारण नेकपा फुट्यो

काठमाडौं । नेता वामदेव गौतम नेकपा एमाले प्रवेश गर्ने तरखरमा छन् ।

यही बेला एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले वामदेवको चर्को आलोचना गरेका छन् ।

राजेन्द्रले वामदेवको कारण विगतमा एमालेले ठूलो दु:ख खेप्नुपरेको आरोप लगाएका छन् । वामदेव ठीक ठाउँमा उभिएको भए तत्कालीन नेकपा अदालतबाट नफुट्ने उनको तर्क छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको धनगढीमा आयोजित सामाजिक सञ्जालको प्रयोगसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हिजो पार्टी एकीकृत हुँदा वामदेव गौतमको कारणले सबैभन्दा बढी एमालेले दु:ख पाएको थियो । उहाँ ठीक ठाउँमा उभिएको भए पार्टी अदालतबाट भङ्ग हुनुपर्ने परिस्थिति नै आउने थिएन । उहाँकै कारणले कहिले कता कहिले कता गर्नुपर्‍यो । त्यसपछि भएता अभियान भनेर थाल्नुभयो । अहिले फर्केर पछाडि हेर्दा कोही नहुने अवस्था आएपछि पार्टीमा आउँछु भन्नुभयो ।’

अहिले पार्टीले गौतमसँग सहकार्य गर्ने मात्रै निर्णय गरेको उल्लेख गर्दै राजेन्द्रले हतारिएर एकता प्रक्रियामा नजाने बताए ।

पिँध नभएका वामदेव : एमालेलाई भित्र्याउन छैन हतार तर, भन्छन् – म एमालेको भइसकेँ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register