सेन्ट जेभियर्स कलेजद्वारा सांस्कृतिक सम्पदाको संरक्षण र नैतिकताको प्रवर्द्धनका लागि वाकथन

काठमाडौं । “समानताको आवाज कदम – कदममा, विविधताको शक्ति हाम्रो अभियान” भन्ने नाराका साथ दोस्रो वार्षिक सेट वाकथन (पदयात्रा) हुने भएको छ । सेण्ट जेभियर्स कलेज माइतीघरको कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुको क्लब सेट काउन्सिलले सेन्टर फर ईनडिपेन्डेन्ट लिभिगं काठमाडाैंसँगको सहकार्यमा फेब्रुअरी १ (माघ १८) गते विशेष वाकथन (पदयात्रा) आयोजना गर्ने भएको हो […]

Jan 24, 2025 - 09:57
 0
सेन्ट जेभियर्स कलेजद्वारा सांस्कृतिक सम्पदाको संरक्षण र नैतिकताको प्रवर्द्धनका लागि वाकथन

काठमाडौं ।

“समानताको आवाज कदम – कदममा, विविधताको शक्ति हाम्रो अभियान” भन्ने नाराका साथ दोस्रो वार्षिक सेट वाकथन (पदयात्रा) हुने भएको छ ।

सेण्ट जेभियर्स कलेज माइतीघरको कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुको क्लब सेट काउन्सिलले सेन्टर फर ईनडिपेन्डेन्ट लिभिगं काठमाडाैंसँगको सहकार्यमा फेब्रुअरी १ (माघ १८) गते विशेष वाकथन (पदयात्रा) आयोजना गर्ने भएको हो ।

सेन्टर फर ईनडिपेन्डेन्ट लिभिगं काठमाडौं (अपागंता भएका ब्यक्ति) हरुको संस्था हो । यसले अपांगता भएका व्यक्तिहरूको स्वतन्त्रता र समावेशीकरणको वकालत गर्दै आएको छ । यस संस्थासँगको सहकार्य अन्तर्गत वाकथनमा ह्विल चियर र्यालीको आयोजना गरिनेछ । यस र्यालीले भौतिक र मानसिक बाधाहरू तोड्दै समावेशी समाजको महत्त्वलाई उजागर गर्ने सेट काउन्सिलका बजार प्रमुख सम्बुद्ध पौेड्यालले जानकारी दिए ।

उनले भने , “अपागंता भएका ब्यक्तिको हक,अधिकार समानता र समाजमा उनीहरुको समावेशीकरण सुनिश्चित गर्नका लागि विशेष वाकथन आयोजना गरिएको हो । ” अपागंता भएका ब्यक्तिहरुको लागि आवश्यक सहयोग पुर्याउने लक्ष्य राखिएता पनि वाकथनमा जुन सुकै उमेर समुह, लिङ्ग, वा पृष्ठभूमिका व्यक्तिहरू सहभागी हुन सक्ने पौड्यालले जानकारी दिए ।

माईतीघरस्थित सेण्ट जेभियर्स कलेज परिसरबाट सुरु हुने वाकथन पाटन दरबार स्क्वायरसम्म पुग्नेछ । वाकथनमा सहभागीहरूका लागि थप रोचक गतिविधिहरूको व्यवस्था गरिएको छ । जसमा फ्ल्यास मोब, फोहोर सङ्कलन अभियान र पुनःप्रयोग सम्बन्धी कार्यशाला जस्ता गतिविधिहरूले कार्यक्रमलाई रमाइलो मात्र होइन, वातावरणीय सचेतना र सामाजिक जिम्मेवारीको भावना समेत फैलाउनेछ । वाकथन केवल हिँडाइ मात्र नभई समावेशीता र नैतिकताको प्रवर्द्धन गर्दै भविष्यलाई उज्यालो बनाउने एउटा प्रेरणादायी कदम पनि हो ।

साथै ,सांस्कृतिक जागरूकता र सामुदायिक एकताको सन्देश प्रवाह गर्ने यो पहलले समाजका विभिन्न क्षेत्रबाट सकारात्मक समर्थन पाउने अपेक्षा गरिएको छ । वाकथनले समाजमा नैतिकता र एकताको भावना बढाउनुका साथै सांस्कृतिक सम्पदाको संरक्षणप्रति जनचेतना फैलाउने पनि पौड्यालले जानकारी दिए ।

पदयात्रा मार्फत विद्यार्थीहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउनको लागि आफ्ना प्रयासलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेका छन् । अघिल्लो बर्ष आयोजना गरिएको पहिलो सेट वाकथनमा करिव एघार सय भन्दा बढीको सहभागीता रहेको थियो । कार्यक्रमबाट संकलित रकम “हामी नेपाल” नामक संस्था मार्फत मुगु जिल्लाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक स्वास्थ्य सामाग्री बितरण गरिएको पौडेलले जानकारी दिए ।

१९९५ मा स्थापना भएको सेट काउन्सिल विद्यार्थीहरूको नेतृत्वमा चल्ने सक्रिय संस्था हो । यसले हरेक वर्ष सेट वाकथन र सेट प्रर्दर्शनी जस्ता कार्यक्रम गर्नुका साथै सामुदायिक विकासका लागि काम गर्दै आएको छ । यस वर्षको कार्यक्रमले पनि सामाजिक कल्याणका लागि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । साथै ,कोष संकलन गर्ने लक्ष्य सहित आयोजना हुने यो कार्यक्रमबाट संकलित केही रकम सेन्टर फर ईनडिपेन्डेन्ट लिभिगं काठमाडाैंलाई हस्तान्तरण गरिने र बाकी रकम सामुदायिक विकासका लागि खर्च गरिने आयोजकले बताएका छन्।

सहभागीका लागि खुला निमन्त्रणा

वाकथनमा जुन सुकै उमेर समुह, लिङ्ग, वा पृष्ठभूमिका व्यक्तिहरू सहभागी हुन सक्ने आयोजकले जनाएका छन् । सहभागीता शुल्क तीन सय रुपैयाँ निर्धारण गरिएको छ । सहभागीबाट संकलित सम्पूर्ण रकम सामाजिक सेवाका लागि प्रयोग गरिनेछ। सहभागीहरूले प्रमाणपत्र, विशेष मेडल, सेट वाकथनकोे लोगो भएको टिसर्ट र खानाको समेतको ब्यवस्थापन आयोजकले गरेको जानकारी पौड्यालले दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register