बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले दिए आवेदन 

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ ।  प्राधिकरणको अध्यक्षका लागि आवेदन दिने आज (माघ ११ गते) अन्तिम दिन हो । आजसम्म अध्यक्षका लागि १२ जनाले आवेदन दिएको अर्थ मन्त्रालयले जनाएको छ । आवेदन दिनेहरुको नाम भने सार्वजनिक गरिएको छैन ।  प्राधिकरणका तत्कालीन सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर […]

Jan 24, 2025 - 10:16
 0
बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले दिए आवेदन 

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । 

प्राधिकरणको अध्यक्षका लागि आवेदन दिने आज (माघ ११ गते) अन्तिम दिन हो । आजसम्म अध्यक्षका लागि १२ जनाले आवेदन दिएको अर्थ मन्त्रालयले जनाएको छ । आवेदन दिनेहरुको नाम भने सार्वजनिक गरिएको छैन । 

प्राधिकरणका तत्कालीन सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै प्राधिकरण अध्यक्षविहीन बनेको थियो । 

हाल बीमा प्राधिकरणमा कार्यवाहक अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले सम्हाल्दै आएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register