बेलायती डायस्पोराबाट नेपाललाई सीप र ज्ञानको खाँचो छ: राजदूत घिमिरे

लन्डन । संयुक्त अधिराज्य (यूके) का लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरेले नेपाली उत्पादन बेलायती बजारमा आयात गर्नुपर्नेमा जोड दिएका छन् । राजदूत घिमिरेले लाखौं नेपाली बसोवास गर्दै आएको बेलायतमा नेपाली समुदायलाई मात्र लक्षित गर्न सके व्यवसायिक लाभका साथै नेपालको अर्थतन्त्रलाई समेत टेवा पुग्ने धारणा व्यक्त गरे । एकसाता अघि मात्र बेलायतको २३ औं राजदूतका […]

Jan 24, 2025 - 18:51
 0
बेलायती डायस्पोराबाट नेपाललाई सीप र ज्ञानको खाँचो छ: राजदूत घिमिरे

लन्डन । संयुक्त अधिराज्य (यूके) का लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरेले नेपाली उत्पादन बेलायती बजारमा आयात गर्नुपर्नेमा जोड दिएका छन् ।

राजदूत घिमिरेले लाखौं नेपाली बसोवास गर्दै आएको बेलायतमा नेपाली समुदायलाई मात्र लक्षित गर्न सके व्यवसायिक लाभका साथै नेपालको अर्थतन्त्रलाई समेत टेवा पुग्ने धारणा व्यक्त गरे ।

एकसाता अघि मात्र बेलायतको २३ औं राजदूतका रुपमा लन्डनस्थित नेपाली राजदूतावासमा आफ्नो कार्यभार सम्हालेका घिमिरेले विदेशमा बसेर मातृभूमि नेपालका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्न आग्रह गरे ।

प्रशस्त सम्भावना र अवसर रहेको नेपालमा विदेशमा सिकेको सीप, ज्ञान र प्रविधि नेपाली भूमिमा लगानी गर्न उनले सुझाएका छन् । ‘नेपाल सरकारले ‘ब्रेन गेन’ लाई आफ्नो नीतिमै राखेको छ’- घिमिरेले भने- ‘देशलाई विदेशस्थित नेपाली डायस्पोराबाट सीप, ज्ञानको खांचो छ ।’

हाइड्रोपावर, टनेल जस्ता प्राविधिक सेक्टरमा नेपालीहरुकै श्रम र ज्ञानको उपयोग गर्न सके देश विकासले फड्को मार्ने उनको विश्वास छ । अहिलेका दोस्रो पुस्ता अझ बढी सक्रिय हुँदै गएको अवस्थामा उनीहरुलाई पनि मातृभूमिप्रति घुलमिल गराउन अभिभावकले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा उनले जोड दिए ।

उनीहरुलाई अहिलेदेखि नै नेपालसंग जोड्न नसके भविष्यमा नेपालसंगको दुरी बढ्न सक्ने उनको चिन्ता छ ।

बेलायत आएलगत्तै दूतावासको जिम्मेवारी सम्हालेका राजदूत घिमिरेको स्वास्थ्यमा सामान्य समस्या आएका कारण यहाँका कुनैपनि सार्वजनिक समारोहमा उपस्थिति भएका छैनन् । यद्यपि दूतावासको नियमित कार्यक्रम र भर्चुअल मिटिङहरुमा भने उनको व्यस्तता बढेको छ ।
पछिल्ला दुई राजदूतलाई आफ्नो कार्यकाल पूरा नहुँदै सरकारले फिर्ता बोलाएपछि दूतावासका कतिपय महत्वपूर्ण कामहरु थाती छन् । लामो समयदेखि निष्कर्षमा पुग्न नसकेको भूपू गोर्खाहरुको मुद्धा पनि पेन्डिङमा छ । नेपाल र बेलायतको राजनैतिक परिवर्तन, रुस यूक्रेन युद्द आदिका कारण पटकपटक भएका वार्ताहरु पनि टुंगोमा पुग्न सकेनन् ।

निजामति सेवामा तीन दशक बढीको अनुभव हासिल गरिसकेका र व्यापार, पारवहन, उद्योग र लगानी क्षेत्रका ज्ञाता राजदूत घिमिरेको पहलमा गोर्खा मुद्धा निष्कर्षमा पुग्ने भूपू गोर्खाहरुको अपेक्षा छ । संसारमा कुनै पनि ठूला भन्दा ठूला समस्याको समाधान अन्तत वार्ताबाटै भएको उल्लेख गर्दै उनले भूतपूर्व गोर्खा मुद्दा पनि वार्तामात्रै समाधान गर्न आफ्नो पहल निरन्तर रहने अठोट व्यक्त गरे ।

उनले त्यसका लागि गृहकार्य र उपयुक्त समयको पर्खाइमा काम गर्नुपर्नेमा समेत जोड दिए । वार्ता एक पक्षीय होइन्, दुई पक्षीय भएकाले बेलायत र नेपाल दुवै पक्षको समझदारीमा वार्ता अगाडि बढ्ने विश्वास उनले दिलाए ।

‘डिप्लोमेसी भनेको गेम अफ इन्गेजमेन्ट हो । जति धेरै इन्गेज हुन सक्यौं हामी समाधानको त्यति नजिक पुग्न सक्छौं’, राजदूत घिमिरेले भने- ‘यो इन्गेजमेन्टबाट हामी लजिकल कन्क्लुजनमा पुग्न सक्छौं । दुई देशबीचको ऐतिहासिक सम्बन्धको संवेदनशीलतालाई पनि अक्षुण राख्दै, थप संवर्धन गर्दै हामीले यसको समाधान खोज्नु पर्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register