स्वास्थ्य बिमा बोर्डको आम्दानीभन्दा खर्च १५ गुणा बढी : बोर्डसँग १ अर्ब बाँकी, भुक्तानी गर्नुपर्ने १६ अर्बभन्दा बढी

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले आम्दानीभन्दा खर्च १५ गुणा बढी भएको जनाएको छ । बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आइतबार गरेको पत्रकार सम्मेलनमा बोर्डको मासिक करिब २ अर्ब रकम सेवा प्रदायकबापत खर्च हुने गरेको भन्दै बिमा कार्यक्रम चलाउनै समस्या भइरहेको जानकारी दिए । बोर्डले फागुन मसान्तसम्म बिमा लागू भएका अस्पतालमा १६ अर्ब ४५ […]

Apr 6, 2025 - 13:48
 0
स्वास्थ्य बिमा बोर्डको आम्दानीभन्दा खर्च १५ गुणा बढी : बोर्डसँग १ अर्ब बाँकी, भुक्तानी गर्नुपर्ने १६ अर्बभन्दा बढी

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले आम्दानीभन्दा खर्च १५ गुणा बढी भएको जनाएको छ ।

बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आइतबार गरेको पत्रकार सम्मेलनमा बोर्डको मासिक करिब २ अर्ब रकम सेवा प्रदायकबापत खर्च हुने गरेको भन्दै बिमा कार्यक्रम चलाउनै समस्या भइरहेको जानकारी दिए ।

बोर्डले फागुन मसान्तसम्म बिमा लागू भएका अस्पतालमा १६ अर्ब ४५ करोड रकम भुक्तानी गर्न बाँकी रहेको र जनशक्ति र पर्‍यापत बजेट नहुँदा असार मसान्तसम्म भुक्तानी गर्न बाँकी हुने रकम २४ अर्ब पुग्ने जनाएको छ ।

कार्यकारी अध्यक्ष काफ्लेले भने, ‘बोर्डमा १ अर्ब मात्र रकम छ तर, भुक्तानी गर्न बाकीँ १६ अर्बभन्दा बढी हुँदा बिमा कार्यक्रम चलाउन समस्या भइरहेको छ । मासिक करिब २ अर्ब रकम सेवा प्रदायकबापत खर्च हुन्छ, उनले भने, ‘आम्दानीभन्दा खर्च १५ गुणा बढी छ ।’

काफ्लेले अर्थ मन्त्रालयसँग १ सय दिनभित्र दाबी भुक्तानी गर्न १ सय ९२ जना कर्मचारी राख्न प्रस्ताव राखेको बताए । दरबन्दी कम हुँदा पनि समयमा भुक्तानी हुन नसकेको भन्दै उनले बोर्डमा २६ जना मात्र दरबन्दी भएकोमा २२ जना मात्रै कर्मचारी कार्यरत रहेको बताए । ‘अहिलेको दरबन्दीले रात दिन काम गरे पनि १ बर्षसम्म भुक्तानी हुन सक्दैन । समयमा नै भुक्तानी दिन दरबन्दी थप गर्न अर्थ मन्त्रालयसँग प्रस्ताव गरेका छौँ,’ उनले भने।

बोर्डका अनुसार २०७२ साल चैत २४ गतेदेखि लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा ८९ लाख ५२ हजार १३५ जना व्यक्ति आवद्ध भएका र त्यसमा ५७ लाख ५३ हजार ८१७ जनाले मात्र फागुन मसान्तसम्म बिमा नवीकरण गरेका छन् ।

यस्तै ३५६ स्थानीय तहमा मात्र प्रथम विन्दु पुगेको छ भने ३९७ स्थानीय तहका बिमितहरू अन्य स्थानीय तहका सेवा केन्द्रमा जानुपर्दा नवीकरण कम हुन थालेको छ ।

साथै, बिमामा आवद्ध भएका पनि ४८ प्रतिशत व्यक्तिले मात्र सुविधा लिएका छन् । बोर्डका अनुसार देशभर  ४०४ सरकारी अस्पताल, ४८ निजी र ३३ वटा सामुदायिक स्वास्थ्य संस्था सूचीकृत छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register