पासा पुचः गुथि साउथ इष्ट लन्डनमा नयाँ नेतृत्व चुन्ने तयारी

लन्डन- पासा पुचः गुथि यूकेको साउथ इष्ट लन्डन शाखा नयाँ नेतृत्व चयनको तयारीमा जुटेको छ। आउँदो फेब्रुअरी १६ तारिख प्लमस्टिड गोर्खा क्याप्रिकनमा तय अधिवेशनमार्फत् शाखाले नयाँ कार्यसमिति चयन गर्दैछ। दुई वर्षे कार्यकाललाई निर्वाचित हुने कार्यसमिति २१ सदस्यीय रहनेछ। शाखामा अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सांस्कृतिक सचिव, स्वास्थ्य संयोजक, आइटी संयोजक, मिडिया संयोजक, सचिव, सहकोषाध्यक्ष, सहसचिव, […]

Jan 26, 2025 - 11:31
 0
पासा पुचः गुथि साउथ इष्ट लन्डनमा नयाँ नेतृत्व चुन्ने तयारी

लन्डन- पासा पुचः गुथि यूकेको साउथ इष्ट लन्डन शाखा नयाँ नेतृत्व चयनको तयारीमा जुटेको छ।

आउँदो फेब्रुअरी १६ तारिख प्लमस्टिड गोर्खा क्याप्रिकनमा तय अधिवेशनमार्फत् शाखाले नयाँ कार्यसमिति चयन गर्दैछ। दुई वर्षे कार्यकाललाई निर्वाचित हुने कार्यसमिति २१ सदस्यीय रहनेछ।

शाखामा अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सांस्कृतिक सचिव, स्वास्थ्य संयोजक, आइटी संयोजक, मिडिया संयोजक, सचिव, सहकोषाध्यक्ष, सहसचिव, र कार्यक्रम सहसंयोजकसहित ७ जना कार्यसमिति सदस्य चुनिनेछन् ।

नयाँ कार्यसमितिको निर्वाचनका लागि निर्वाचन समितिले तालिका समेत प्रकाशित गरेर प्रक्रिया सुरु गरेको छ ।समितिका सदस्यसचिव सचिन श्रेष्ठका अनुसार निर्वाचनमा उम्मेदवार बन्न वा मत दिनका लागि आउँदो फेब्रुअरी ५ तारिखसम्म सदस्यता लिइसक्नुपर्नेछ ।

शाखाको आजीवन सदस्यतालाई १ सय पाउण्ड, २ वर्षको लागि सिंगो परिवारकै सदस्यता लिन ४० पाउण्ड र २ वर्षलाई एकजनाको सदस्यता लिन २० पाउन्ड शुल्क लाग्नेछ । तर विद्यार्थीहरुलाई २ वर्षे सदस्यताको शुल्क मात्र १० पाउण्ड राखिएको छ ।

नयाँ कार्यसमितिका लागि उम्मेदवारी दिन फेब्रुअरी ६ देखि १० तारिखसम्मको समयसीमा छ। फेब्रुअरी ११ देखि १२ तारिखसम्म उम्मेदवारीमा दावीविरोध तथा फेब्रुअरी १ देखि १४ सम्म उम्मेदवारी फिर्ता लिने समय दिइएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन फेब्रुअरी १५ मा गरिनेछ ।

नयाँ कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष तथा महासचिव पदमा उम्मेदवारी दिन यसअघि कम्तीमा एक कार्यकाल कार्यसमितिमा रहेर काम गरेको अनुभव हुनुपर्ने बताइएको छ । अध्यक्षका लागि उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सांस्कृतिक सचिवजस्ता जिम्मेवारी सम्हाल्नेहरुलाई ग्राह्यता दिइनेछ ।

संस्थाका पूर्व अध्यक्ष चुत्रबहादुर श्रेष्ठको नेतृत्वमा रहेको निर्वाचन समितिाम सचिन श्रेष्ठ सदस्यसचिव र दीपक श्रेष्ठ सदस्य छन् ।

शाखाका वर्तमान अध्यक्ष माधवलाल श्रेष्ठले निर्वाचन समितिले प्रकाशन गरेको कार्यतालिकाअनुसार सदस्यता तथा निर्वाचनका कार्यक्रममा सहभागी हुन सबै सदस्यहरुलाई आव्हान गरेका छन्।

निर्वाचन समितिको सूचना

उम्मेदवारी फाराम:

सदस्यता फारम



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register