आजको मौसम : देशमा पश्चिमी वायुको सामान्य प्रभाव

झापा, १४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज (सोमबार बिहान) कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै भूभागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। हुस्सु र कुहिरोको कारण तराई मधेसको जनजीवन प्रभावित बनेको छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको [...] The post आजको मौसम : देशमा पश्चिमी वायुको सामान्य प्रभाव appeared first on Jhapa Online.

Jan 27, 2025 - 02:57
 0
आजको मौसम : देशमा पश्चिमी वायुको सामान्य प्रभाव

झापा, १४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

आज (सोमबार बिहान) कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै भूभागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। हुस्सु र कुहिरोको कारण तराई मधेसको जनजीवन प्रभावित बनेको छ।

देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चार प्रदेशको मौसम बदली भए पनि आज कतै पनि वर्षाको सम्भावना भने नदेखिएको महाशाखाले जनाएको छ।

महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

The post आजको मौसम : देशमा पश्चिमी वायुको सामान्य प्रभाव appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register