नयाँ स्टक एक्सचेञ्जका लागि नयाँ आवेदन नखुल्ने, पुराना तीनमध्ये एउटाले लाइसेन्स पाउने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जका लागि नयाँ आवेदन नखुलाउने भएको छ । बोर्डले यसअघि नै आवेदन दिएका कम्पनीमध्ये एउटालाई लाइसेन्स दिने भएको हो । यसअघि नयाँ स्टक एक्सचेञ्जका लागि धितोपत्र बोर्डमा हिमालयन स्टक एक्स्चेन्ज, नेसनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्जले आवेदन दिएका थिए । तीमध्ये नै एउटा कम्पनीलाई नयाँ स्टक एक्सचेञ्जको […]

Jan 27, 2025 - 02:59
 0
नयाँ स्टक एक्सचेञ्जका लागि नयाँ आवेदन नखुल्ने, पुराना तीनमध्ये एउटाले लाइसेन्स पाउने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जका लागि नयाँ आवेदन नखुलाउने भएको छ । बोर्डले यसअघि नै आवेदन दिएका कम्पनीमध्ये एउटालाई लाइसेन्स दिने भएको हो ।

यसअघि नयाँ स्टक एक्सचेञ्जका लागि धितोपत्र बोर्डमा हिमालयन स्टक एक्स्चेन्ज, नेसनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्जले आवेदन दिएका थिए । तीमध्ये नै एउटा कम्पनीलाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने तयारी बोर्डले गरेको हो ।

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने विषयमा बोर्ड सञ्चालक समितिको आगामी बैठकले निर्णय गर्नेछ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०८० बैशाखमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया तत्काल रोक्ने निर्णय गरेको थियो । तर, पुष ५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना गर्ने र नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको र सो निर्णय अर्थ मन्त्रालय हुँदै बोर्डमा पुगेपछि थप प्रक्रिया अघि बढाइने भएको छ ।

योसँगै अब आवेदन दिएका तीन कम्पनीमध्ये एउटालाई छनौट गर्ने प्रक्रिया अघि बढ्नेछ । तीन कम्पनीहरुको निवेदन र विस्तृत कार्यायोजना मूल्यांकन गर्न यसअघि नै एक समिति गठन भइसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register